skip this
  • चितवन विशेष

    सप्तगण्डकी बहुमुखी क्याम्पस मा क्याम्पस प्रमुख को कार्यकक्ष घेराउ(भिडियाे सहित)

  • फाल्गुण ७, चितवन –
    जायश्वर आचार्य :-
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित दुई बिद्यार्थी संगठन अखिल क्रान्तिकारी र अनेरास्ववियु क्यम्पस कमिटि ले संयुक्त रूपमा सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर १० स्थित क्याम्पस प्रमुख को कार्यकक्ष घेराउ तथा धर्ना कार्यक्रम सम्पन्न गरेका छन्।

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन को कार्यतालिका तत्काल सार्वजनिक गर्न ६ गते सोमबार त्रिवि उपकुलपति तीर्थराज खनियाँ को कार्यकक्ष घेराउ गरिएको र त्यही कार्यक्रम को समर्थन र थप दबाब सृजना गर्ने हेतुले यस क्याम्पसमा पनि क्यम्पस प्रमुख को कार्यकक्ष अगाडि धर्ना दिइएको अखिल क्रान्तिकारीका चितवन जिल्ला कार्यालय सदस्य सुसन पौडेल(चितुने) ले जानकारी दिनुभयो।
    मंगलबार ७ गते बिहान सम्पन्न कार्यक्रम को सञ्चालन अखिल क्रान्तिकारीका क्यम्पस कमिटि अध्यक्ष समीर सुवेदीले गर्नुभएको थियो। कार्यक्रम मा मन्तव्य अखिल क्रान्तिकारीका जिल्ला कार्यालय सदस्य सुसन पौडेल (चितुने) र अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष हरि आचार्य ले राख्नुभएको थियो। मन्तव्य राख्दै दुवै वक्ताले बिना शर्त स्ववियु निर्वाचन अनिवार्य गरिनुपर्ने बताउनुभयो। यस मागप्रति क्यम्पस प्रमुख पनि सकारात्मक रहनुभएको थियो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु