skip this
  • विविध

    बुलिङटारका युवा सुजल गिरीले जन्मदिनको अबसरमा गरे सकारात्मक सन्देश प्रवाह

  • फाल्गुन १०,चितवन

    जायश्वर आचार्य

    नवलपुर जिल्ला बुलिङटार गाउँपालिका वडा नं ३ निवासी युवा समाजसेवी सुजल गिरीले आफ्नो जन्मदिनको अवसरमा बुधबार एक अनाथालय मा सहयोग गर्नु भएको छ।
    भरतपुर महानगरपालिका वडा नं ११ गोर्खाली टोल मा रहेको मञ्जुश्री असहाय संरक्षण केन्द्र मा ८ गते बुधबार एक कार्यक्रम का बीच समाजसेवी गिरीले विभिन्न अत्यावस्यक सामाग्री हरु संस्था कि अध्यक्ष मञ्जु खाड लाई हस्तान्तरण गर्नु भएको थियो। हस्तान्तरण गर्दै समाजसेवी गिरीले सहयोग गर्न पाएकोमा अत्यन्त खुसिको अनुभूति भएको र आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रहेको बताउनु भयो।
    सामाग्री ग्रहण गर्दै संस्थाकी अध्यक्ष मञ्जु खाडले यो सहयोग को मूल्यांकन संस्थाले जहिले पनि गर्ने बताउँदै धन्यवाद र जन्मदिनको शुभकामना प्रकट गर्दै आगामी दिनमा पनि साथ सधैं रहिरहने अपेक्षा समेत व्यक्त गर्नुभयो। गिरीले देशको कर्णधारको रूपमा रहेका यी साना साना बालबालिकाहरुलाई सानो सहयोग गर्दा प्राप्त हुने खुसीको अनुभुति र मानिसले आफ्नो जीवनलाई सेवामय बनाउँदा साँचो आनन्द प्राप्त हुने समेत बताउनु भयो। उहाँ सामुदायिक रेडियो vijay fm १०१.६ MHz गैंडाकोट ,नवलपुरको कार्यक्रम प्रस्तोता र तगारो राष्ट्रिय मासिक बुलिङ्टारका संवाददाता समेत हुनुहुन्छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु