skip this
  • चितवन विशेष

    एन. पी. आई. भरतपुर को ब्रम्हलूट (भिडियो सहित)

  • फाल्गुण १७,भरतपुर –

    जायश्वर आचार्य :-

    नेपाल पोलिटेक्निक ईन्टिच्युट (NPI) भरतपुर ११ मा पशु चिकित्सा कोर्ष (BVSC and AH) को शुल्कमा एकैचोटी ४२% वृद्धि भएको छ।

    यस खबर सुन्ना साथ हजुरहरुलाई अचम्म लाग्न सक्छ।एउटा सेवा मानिने शैक्षिक क्षेत्रमा यति ठूलो ब्रम्हलुट र चरम मनोमानिलाई सामान्य रूपमा त पक्कै लिन सकिँदैन पनि। यो घटना हामीले सुन्ना साथ म लगायत मेरो टोलीले क्यम्पस प्रशासन मा सम्पर्क गर्यौ र क्याम्पस प्रशासन बाट हावादारी गफ बाहेक केही प्राप्त गर्न सकेनौं। NPI भरतपुर ११ का प्रशासकीय प्रमुख जय घिमिरे सँग यही विषयमा कुराकानी गर्न भनी उनलाई भेट्न उनकै कार्यालय मा पुगियो। उनी सँग गफ गर्दा लाग्दथ्यो की हामी कुनै व्यवसायिक कार्यालय का हाकिम सँग गफ गरिरहेका छौं।तर पनि उनी बेला बेला भन्दै थिए कि हामी त सेवा गर्न आएका हौ।यो वाक्य सुनेर मलाई घरी घरी हासो पनि लाग्थ्यो।
    गफ को सुरुमै मैले बढेको फी को कुरा गरे र यो सत्य हो त भन्ने प्रश्न गर्दा उनले यो सही हो भन्ने जवाफ निर्धक्क भएर शान सँग दिए।मैले किन भन्ने प्रतिप्रश्न गर्दा उनले हास्यास्पद जवाफ दिएँ।उनको जवाफ थियो, नेपाल पशु चिकित्सा परिषद ले आज सम्म कुनै निश्चित फी नतोकेको र न्यूनतम मापदण्ड पुरा गर्न कलेज लाई नयाँ व्यवस्थापन मा लागिएको ले यो सबै गर्न जति जति रकम खर्च हुन्छ त्यो उठाउन का लागि फी बढाउने निर्णय गरिएको हो।यो सुनेर मैले तुरुन्त प्रतिप्रश्न गरें २०६७ साल देखि सुरु भएको पशु चिकित्सा कोर्ष का लागि तपाईंहरूले आज सम्म न्यूनतम मापदण्ड पूरा गर्नु भएको छैन त ?यो प्रश्न सुन्ने बित्तिकै उनी केही बोल्न सकेनन् । र मैले अर्को प्रश्न पनि गरे ,सम्बन्धन लिनका लागि पैसाको चलखेल हुन्छ भन्छन् ,कतै त्यही पैसा उठाउन तपाईंहरूले फी बढाउने निर्णय गर्नुभएको त हैन? यो प्रश्न सुन्ना साथ उनी निकै आतिएको जस्तो लाग्यो र आकमकाउन थाले।त्यहाँ अध्यनरत बिधार्थी हरुका अनुसार आज सम्म क्यम्पस प्रशासन ले आफूहरुले पाउनुपर्ने सुविधा नदिएको प्रतिक्रिया दिए।हामीले यति देखेपछि र सुनेपछि हामीलाई प्रष्ट भयो कि NPI विद्यार्थी लुट्ने खेलमा लागि परेको छ। त्यहाँ नेकपा समर्थित दुई विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र अनेरास्ववियु ले संयुक्त रूपमा र विप्लव निकट अखिल क्रान्तिकारी ले एकल विज्ञप्ति निकालेका छन्। र शुक्रबार विद्यार्थीहरुले सिठ्ठी जुलुस पनि गरेका छन्।
    नेपालको संविधान समाजवाद उन्मुख भनिएतापनि र शैक्षिक क्षेत्रलाई निःशुल्क बनाउने भनिएतापनि केही माफिया हरुले शिक्षा लाई आफ्नो कमाइ खाने भाँडो बनाएका छन्।यही अबस्था ले गरीब निमुखा जनताका छोराछोरी शिक्षा बाट वञ्चित हुने अवस्था आएको छ। यस्ता लुटतन्त्र सञ्चालक व्यक्ति र संस्थालाई कारबाही कसले गर्ने र कहिले ? यो प्रश्न गम्भीर रूपमा उठेको छ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु