skip this
  • फिचर

    सप्तगण्डकी क्याम्पस भरतपुर को प्रमुख मा मणिराज महतो

  • फाल्गुण,२२ – चितवन

    जायश्वर आचार्य

    भरतपुर महानगरपालिका वडा नं १० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पस मा सञ्चालक समितिको बैठकले नयाँ क्याम्पस प्रमुख को रूपमा मणिराज महतो नियुक्त गरेको छ।
    हाल भरतपुर १४ बरौली मा जन्मिएका उनले गीतानगर बाट हाइस्कूल सम्मको अध्ययन गरेका थिए।त्यस्तै महेन्द्र रत्न क्यम्पस ताहचल बाट +२ र त्रिभुवन विश्वविद्यालय कृतिपुरबाट ब्याचलर र मास्टर डिग्री उत्तीर्ण गरेका थिए। उनी २०५० भाद्र १४ गते बाट निरन्तर रूपमा गणित विषय लाई आफ्नो मुख्य विषयको रूपमा अंगालेर सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्यापन गराइरहेका थिए।उनी गणित विषयका अब्बल दर्जाका अध्यापक र कुशल व्यवस्थापक पनि मानिन्छन् त्यसैले उनी क्याम्पस प्रमुख नियुक्त भए लगत्तै सबैले स्वागत गरेका छन।
    यति मात्र नभई उनले आजको दिन सम्म आइपुग्दा +२को प्रोग्राम इन्चार्ज का रूपमा करिब ७ वर्ष,वरिष्ठ साहायक क्याम्पस प्रमुख को रूपमा करिब ४.५ वर्ष र गणित विषयको विभागीय प्रमुख को रूपमा कार्य गरेका थिए।
    हामीसँग कुरा गर्दै उनले सम्पूर्ण विद्यार्थी,सञ्चालक, शिक्षा प्रेमी महानुभाव हरु सँग मिलेर अगाडि बढ्ने र क्यम्पस को वृद्धि विकाशमा जोड दिने वचन दिए।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु