skip this
  • फिचर

    सिकेराउतको बारेमा प्रम ओलिको यस्तो खुलासा

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. सीके राउतमा असाधारण खालको खुबी देखिएको बताए । ओलीले पूर्व प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सीके राउतलाई तुलना गरेका हुन् । प्रचण्डमा रहेको असाधारण खुबीले द्धन्द्ध, शान्ति प्रक्रियादेखि पार्टी एकतासम्मको निर्णय भएको भन्दै त्यस्तै खालको खुबी सीके राउतमा रहेको दाबी गरे ।

    वैज्ञानिक समेत रहेका सीके राउत बाटो बिराएर कता कता फरकतिर लागेको भन्दै अब सहि ट्रयाकमा आएको बताए । स्वतन्त्र मधेश आन्दोलनबाट कतै देश दुर्घटनातिर जाने त होईन भन्ने डर सीके राउतमा पनि रहेको भन्दै त्यसलाई सहि तरिकाले अवतरण गरिएको उनको भनाई छ ।

    सीके राउतलाई अखण्ड नेपाल स्वीकार गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिंसाको बाटो नअपनाएर शान्तिपूर्ण बाटो अपनाउँदा पनि प्रतिक्रियावादी शक्तिलाई पराजित गर्न सकिने उदाहरण माओवादी द्धन्द्ध भएको प्रधानमन्त्री ओलीको भनाई छ । जननिर्वाचित प्रतिनिधिबाट संविधान बनेको भन्दै सबै अधिकारहरु जनतामा निहित भईसकेको बताए ।

    सबै तहका जनतालाई समान अधिकार, समान अवसरमा बराबरी भूमिका छ भन्ने कुरा संविधानले सुनिश्चित गरेको बताए । सबै कुरा संविधानले प्रत्याभूत गरेको भन्दै कुनै कुरामा चित्त बुझेको छैन्, भने त्यसलाई कानून सम्वत रुपमा जनमतमा लाने अधिकार संविधानले नै दिएको बताए ।

    जनताको हक भन्दै आफ्नो मत जनतामा लानेलाई संविधानले परास्त पार्ने बताए । लोकतान्त्रिक मूल्य मान्यता मात्र आज मुलुकको आवश्यक रहेको बताउँदैं अहिले सिंगो देशले मागेको विषय भनेको देशको स्वाधिनता एवं सार्वभौमिकता भएको बताए ।

    यो मुलुक विद्धान पुर्खाहरुले निर्माण गरेको भन्दै देशको एक इन्च पनि जमिन अरुलाई दिन, देश टुक्र्याउन कसैलाई पनि नदिईने बताए । स्वतन्त्र तराई मधेश गठबन्धनसँग भएको विशेष सहमतिपछि सरकारले कुनै पनि समस्याको समाधान शान्तिपूर्ण तरिकाले गर्न चाहने बताए । आन्दोलनको क्रममा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरु छुट्छन् कि छुट्दैनन् भन्ने चिन्ता रहेको भन्दै सरकार देशका नागरिकको शान्ति सुरक्षा चाहने बताए ।

    रेशम चौधरीको प्रशंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार अदालतको अंग नभएको बताए । अदालतको फैसला बेग्लै भएको भन्दै सरकारमाथि विभिन्न आरोप लगाएर राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनु गलत भएको बताए । आवेश, उत्तेजनाको राजनीतिबाट कसैलाई पनि हित नहुने भन्दै प्रधानमन्त्रीले राजपालाई सहमतिमा आउन आग्रह गरे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु