• चितवन विशेष

    भरतपुर महानगरपालिका वडा नं ५ को कार्यालयमा बम विस्फोट

  • चितवन ।  अज्ञात समूहले  चितवनको भरतपुर महानगरपालिका वडा नं ५ को कार्यालयमा बम विस्फोट गराएको छ । गएराति १२ : १५ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    घटनास्थलमा सिलिण्डर ग्यासको टुक्रा फेला परेको चितवन प्रहरीले जनाएको छ । विस्फोटले कार्यालय कति क्षति भयो भने एकीन विवरण आउन बाकीँ छ । विस्फोटबाट मानवीय क्षति भने भएको छैन ।

    जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट लग्गतै भएको आगलागी महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो ।

    घटनालगत्तै सुरक्षा सतर्कता अपनाइएको छ । विप्लव निकट नेकपा माओवादीले विस्फोट गराएको प्रहरीले अनुमान गरेकाे छ ।

    जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ ।

  • फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु