skip this
  • चितवन विशेष

    विप्लवलाई लुटेरा समूह भन्ने कुरा गलत होः प्रचण्ड

  • काठमाडाैं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई लुटेरा समूह भनेर भन्नू गलत रहेको भन्दै आपत्ति जनाएका छन्।

    १० वर्षे जनयुद्धका नायक प्रचण्डले विप्लवलाई आफूले नजिकबाट चिनेको र उनी अत्यन्तै महत्वाकांक्षि नेता भएको जनाएका छन् । विप्लवलाई सुझाव दिदै प्रचण्डले भने- राष्ट्रिय, अन्तराष्ट्रिय स्थिति हेरेर मात्रै अगाडी बढ्नु पर्ने हुन्छ । अन्यथा उहाँहरुलाई समस्या पर्न सक्छ ।

    विप्लव जी लगायत हामी सबै सगै आएर नेपालको विकास र संबृद्दिका लागि काम गर्ने भन्दै शान्ति प्रक्रियामा आएको र हामीले युद्ध त्यागेर शान्तिपूर्ण आन्दोलनमा आएको कुरा हो । तर, उहाँहरु  त्यो कुरालाई समेत ध्यान दिन जरुरी च। लोकतन्त्र, गणतन्त्र हाम्रै एजेण्डा हुन् । यसर्थ केहि भएको छैन भन्ने कुरा होइन । हामीले हाम्रा उपलब्धिलाई संस्थागत गर्ने तिर लाग्नु पर्छ । प्रचण्डले भने ।

    हिजो मैले जसरी रणनीति, कार्यनीति या स्कूलिङ भनौं न गर्थ्ये त्यही कुरालाई विप्लवहरुले पछ्याउन खोजेको बाहेक अरु केही म देख्दिन । त्यो हिजोको कुरालाई फलो अहिले गर्ने होइन, हिजोको एउटा भिन्न परिस्थिती थियो । जस्तोः राजतन्त्र विद्ध्यमान थियाे । राज्यमा कहीँ कतै पनि उत्पीडित जाति, क्षेत्र, लिंगको प्रतिनिधित्व नहुने गरेको अवस्था थियाे, विभेद चौरैतिर थियाे, त्यो स्थिती अहिले होइन ।

    तर, विप्लवलाई लुटेरा समुह भनेर भन्नु भन्दा राजनीतिक तवरले समस्या समाधान खोज्नु पर्छ भन्ने मेरो बुझाई हो । प्रचण्डले भने ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु