skip this
  • नेपाल सेरोफेरो

    अक्सफोर्ड कलेज द्वारा विद्यार्थीको अधिकार दबाउने प्रयास, पुनः तालाबन्दी(विज्ञप्ति सहित)

  • चैत ७, नवलपुर-

    संदेश अधिकारी :-

    अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैंडाकोट २ नवलपुरमा कलेज प्रशासन द्वारा प्रहरी लगाएर ताला फुटाएपछि ३ विद्यार्थी संगठनहरु अखिल क्रान्तिकारी,अनेरास्ववियु र नेबिसंघले छुट्टाछुट्टै प्रेस विज्ञप्ति निकाल्दै पुनः तालाबन्दी गरेका छन्।

    BE civil २०१४ ब्याचका विद्यार्थीहरूको तेस्रो र पाँचौं सेमेस्टर का विषयहरू क्रमश project l र project ll को विद्यार्थीहरूको प्राप्ताङ्क तोकिएको समयमा विश्वविद्यालय मा नपठाउँदा ३ विद्यार्थीहरू मौका परीक्षा दिनबाट वञ्चित भएका हुन्।र उत्तीर्ण विद्यार्थीहरूको पनि मास्टर डिग्री अध्ययन गर्न एक वर्ष कुर्नुपर्ने अवस्था देखिएको छ।
    विद्यार्थी संगठनहरु ले विज्ञप्ति मार्फत ४८ घण्टे अल्टिमेटम, ताला फुटाएको मा कलेज प्रशासनलाई कडा कारबाही हुनु पर्ने, पीडित विद्यार्थीहरूको जिम्मा कलेज प्रशासनले लिनुपर्ने र वार्ता का लागि बोलाउँदा विद्यार्थी संगठनलाई सम्बोधन गरेर बोलाउनुपर्ने माग राख्दै विद्यार्थीको भविष्य माथि खेलवाड गरेको प्रती कडा आपत्ति प्रकट गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु