skip this
  • चितवन विशेष

    हेल्प फर ह्यापिनेस द्वारा मोटिभेसनल कार्यक्रम सम्पन्न

  • चैत्र १०, चितवन
    हेल्प फर हेप्पिनेसको आयोजनामा आइतबार “पोसिबल” विषयक मोटिभेसनल गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख वक्ता रोहित मल्लले सहभागीहरुलाई विभिन्न सकारात्मक विषयहरूका साथ प्रेरित गराउनु भएको थियो ।

    बि पी कोइराला मेमोरियल क्यान्सर अस्पातलको सभाहलमा भएको कार्यक्रममा युवाहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा बालकुमारी नर्सिङ कलेज, नेपाली पोलिटेक्निक इन्स्टिच्युट (एनपीआई नर्सिङ), प्रेरणा स्कुल, रामपुर कृषि क्याम्पस पर्सा लगायतका विद्यार्थीहरुको सहभागीता रहेको थियो।युवाहरुलाई लक्षित गरि आयोजना गरिएको सो कार्यक्रममा सम्पुर्ण सिट भरिएको र खाली ठाउँमा समेत उभिएर हेर्नेको भीड लागेको सदस्य निरज तिवारीले जानकारी दिनुभयो ।
    संस्थापक नविन तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षाबिद, साहित्यकार एंव बिरेन्द्र बहुमुखी क्याम्पसका पुर्व प्रमुख एल बि क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो ।कार्यक्रममा बोल्दै क्षेत्री ले यस प्रकारको कार्यक्रम अत्यन्तै प्रभाकारी भयेको र उपस्थित सम्पुर्णलाई सकारात्मक कार्ये गर्ने थप उर्जा प्राप्त हुने बिस्वास समेत ब्यक्त गर्नु भयो।

    कार्यक्रममा राष्ट्रिय नृत्यहरु प्रस्तुत गरिनुका साथै ७ बर्षीय बालिका आयुसी पौडेलले आँखा बन्द गरेर विभिन्न रंगहरुको पहिचान गर्ने अद्भुत कलाले थप मनोरन्जन प्रदान गरेको थियो ।

    कार्यक्रममा हेल्प फर ह्याप्पिनेसको गित पनि सार्वजनिक गरिएको सुजल गिरीले जानकारी दिनुभयो । घनश्याम सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सविता अधिकारीले संचालन गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु