skip this
  • फिचर

    नेविसंघले गर्‍यो काठमाडौंका तीन कलेजमा तोडफोड, १५ पक्राउ

  •           काठमाडौँस्थित एपेक्स कलेज, राजधानी कलेज, एसएम कलेलेमा तोडफोड गरिएको नेविसंघका नेता मनिष सिंखडाले जानकारी दिए ।
    उक्त कलेजहरुले मानोमानी ढंगले शूल्क लिने गरेको भन्दै आफूहरु कारबाहीमा उत्रिएको उनले दाबी गरे ।

    उनीहरुले कलेजको गेटमा माफिया होसियार भन्दै कालो अक्षरले पेन्टिङसमेत गरेका छन् । सोही क्रममा प्रहरीले १५ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मनिष सिंखडा , चेतराज कँडेल (सुजन) ,पौवल बज्राचार्य, अर्बत खड्का,केयुर न्यौपाने, कृष्ण पुडासैनी,सरोज थापा, प्रशान्त थापा,दिपेश ओलि,निराज घिमिरे र सुरज ऐर रहेका छन् । नेविसंघका विद्यार्थीले एपेक्स ,टाईम्स, राजधानी लगायतका कलेजमा माफिया पेन्टिङ गरेका थिए ।

    गत शुक्रबारबाट सुरु भएको व्यवस्थापन संकायको स्नातक पहिलो वर्षको पहिलो सेमेष्टरको परीक्षा दिन विद्यार्थी बञ्चित भएपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो ।

    उक्त कलेजहरुको लापरवाहीका कारण ३ सय बढी विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै नेविसंघ तोडफोडमा उत्रिएको हो ।

    विद्यार्थीलाई परीक्षा दिने वातावरण बनाउन र दोषीलाई कारवाही गर्न माग गरिए पनि बेवस्ता गरेकोले आफूहरु कडा कारबाहीमा उत्रिन बाध्य भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु