skip this
  • फिचर

    पोखरा विश्वविद्यालयको लापरवाही, ३ सय ९१ जना विद्यार्थीको भविष्य अन्यौल

  • पोखरा विश्वविद्यालयको लापरवाहीका कारण व्यवस्थापन संकायमा भर्ना भएका ३ सय ९१ जना विद्यार्थीको भविष्य अन्यौल भएको छ।

    पोखरा विश्वविद्यालय अन्तर्गतका ४४ मध्ये ४२ वटा कलेजमा भर्ना भएका ३ सय ९१ जना विद्यार्थीको भविष्य अन्यौलमा परेको हो।

    भर्ना भएर ६ महिना कलेज गएपछि उनीहरुलाई पोखरा विश्वविद्यालयले भर्ना लिन नमिल्ने बताएपछि विद्यार्थीहरुसँगै कलेज सञ्चालकहरु पनि समस्यामा परेका छन् ।

    ‘६ महिनाअघि पोखरा विश्वविद्यालयकै अनुमतिमा हामीले भर्ना गरेका थियौं, विद्यार्थीहरूले कलेजसमेत ६ महिना पढिसके,भर्नालगायतका सबै शुल्क पनि तिरिसकेका छन्, अहिले आएर उनीहरूको रजिष्ट्रेसन प्रक्रिया नै रोकिएको छ,’ एक कलेजका सञ्चालकले सेतोपाटीसँग भने।

    शैक्षिक सत्र २०७४/०७५ बाट कक्षा ११ र १२ को परीक्षामा मूल्यांकन अक्षराङकन पद्धति ग्रेड सिस्टम लागु भएको थियो। सोही सिस्टम अनुसार पोखरा विश्वविद्यालयकै अनुमतिमा कलेजहरुले डी प्लस ग्रेड आएकाहरुलाई भर्ना लिएका थिए।

    पछिल्लो समय पोखरा विश्वविद्यालयको प्राज्ञिक परिषद्ले डी प्लस ग्रेड आएकालाई भर्ना लिन नै नमिल्ने जिकिर गरिरहेको छ।  विश्वविद्यालयको यस्तो गलत ब्याख्याले विद्यार्थीहरु मर्कामा पर्ने र उनीहरुको रजिष्ट्रेसन स्वीकृत गरी अघि बढाउन पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ ओपेनले माग गरेको छ।

    उनीहरुले यस विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलललाई भेटेर समस्याबारे जानकारी गराइसकेका छन्। मन्त्री पोखरेलले पोखरा विश्वविद्यालयका कुलपतिलाई पत्र लेखेर समस्यामा समाधान गर्न आग्रह गरे पनि विश्वविद्यालयले अटेर गरिरहेको छ।

    २०७५ साउन २५ गते कलेजहरुलाई उर्दि जारी गर्दै पोखरा विश्वविद्यालयले स्नातक तहमा भर्नाका लागि तोकिएको शैक्षिक योग्यतामा थप केही ब्याख्या र हेरफेर भएको जानकारी गराएको थियो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु