skip this
  • खेल

    नबजागृति सामुदायिक बन उ. स.भरतपुर मेट्रो कप को उदघाटन,आर आर क्लब को सानदार जित

  • भरतपुर, चैत्र १९ –
    दोस्रो प्रदेश स्तरीय नब जागृति बन उ. स. भरतपुर मेट्रो कप २०७५ खुल्ला नक आउट फुटबल प्रतियोगितामा राप्ती रिभर्स क्लब (आरआर) मकवानपुरले बिजयी सुरुवात गरेको छ । कैलाश युथ क्लब भरतपुर ११ र कैलाशटोलको संयुक्त आयोजनामा आजबाट शुरु भएको प्रतियोगितामा गैंडाकोट खेलकुद समिती नवलपुरलाई सडन डेथमा पराजित गर्दै आरआर मकवानपुरले बिजयी शुरुवात गरेको हो ।
    कैलाश युथ क्लबको मैदानमा भएको खेलमा निर्धारित समयमा दुबै तर्फबाट कुनै गोल हुन सकेन । निर्धारित समयको खेल बराबरीमा सकिए पछी खेल टाई ब्रेकरमा धकेलिएको थियो । तर टाई ब्रेकरमा पनि बराबरी भए पछी खेलको निर्णय सडन डेथबाट लिएको थियो । सडन डेथमा आरआर मकवानपुर बिजयी भयो । जित सँगै आरआर मकवानपुर प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच आरआर मकवानपुरका गोल रक्षक प्रकाश दोर्जे तामाङ घोषित भए ।

    प्रतियोगिता अन्तर्गत बुधवार २ खेल हुनेछ । बुधवार हुने पहिलो खेलमा शक्तिखोर फुटबल क्लब शक्तिखोर र अभिषेक चर्च रजहर भिड्ने क्लब का उपाध्यक्ष पदमराज आचार्य ले बताए ।खेल दिउँसो २ बजे देखि सुरु हुनेछ । यस्तै भोली नै हुने दोस्रो खेलमा बाह्रघरे फुटबल क्लब भरतपुर र हानामी भरतपुर युथ क्लब आमनेसामने हुनेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

    आजबाट शुरु भएको प्रतियोगिताको उद्द्घाटन समारोहमा प्रदेश सासंद बिजय सुबेदी प्रमुख अतिथी रहेका थिए भने प्रतियोगिताको मुख्य प्रायोजक नव जागृती सामुदायिक वनका अध्यक्ष पुस्तक प्रसाद गौतम बिशिष्ट अतिथी, सेन्ट्रल कलेज का संचालक यज्ञ विलास पौडेल,वडा अध्यक्ष बाबुराम अधिकारी,समाजसेवी युवराज पौडेल,रवीन्द्र बराल, कृष्ण तिवारी,शारदा पौडेल रहेका थिए । प्रतियोगिताको प्रदेश सासंद सुबेदी उद्द्घाटन गरेका थिए ।

    उद्द्घाटन समारोहमा बोल्दै सुबेदी खेलकुद क्षेत्रको बिकासका लागि बजेट जरुरी रहेको बताएका छन् । यस्तै उनले आफु सधैं खेलकुदको प्राथमिकता दिने भन्दै यस क्षेत्रको खेलकुदको बिकासको लागि आउदो आर्थिक बर्षमा बजेट बिनियोजन गर्न पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् । उद्घाटन समारोह कैलाश युथ क्लबका अध्यक्ष किरण मरहट्टाको सभापतित्व मा सम्पन्न भएको हो भने सञ्चालन क्लब का निबर्तमान अध्यक्ष मनोज बराल ले गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु