skip this
  • खेल

    भरतपुर मेट्रो कप मा कैलाश युथ क्लव को शानदार जित

  • भरतपुर, चैत्र २३ -कैलाश युथ क्लब भरतपुर ११ कैलाश टोलको आयोजनामा जारी दोस्रो प्रदेश स्तरीय नब जागृति सामुदायिक वन उपभोक्ता समूह भरतपुर मेट्रो कप खुल्ला नक आउट फुटबल प्रतियोगितामा आज १ खेल सम्पन्न भएको छन् । आज सम्पन्न खेलमा आयोजक कैलाश युथ क्लव बिजयी भएको छ।
    कैलाश युथ क्लब को खेल मैदानमा भएको खेलमा आयोजक कैलाश युथ क्लव ले रामनगर F C लाई १-० ले पाखा लगायो । निर्धारित समयको खेलको ५०औं मिनेट मा कैलाश युथ क्लव का जर्सी नं १५ का राधे चौधरी को सानदार पास मा जर्सी नं १२ का सरोज अधिकारी को उत्कृष्ट हेडिङ् मा गोल भएको थियो।
    कैलाश युथ क्लब भरतपुर ११ कैलाशटोलको आयोजनामा जारी प्रतियोगिता चैत्र ३० गते सम्म चल्नेछ । तियोगिताको बिजेताले नगद रु १ लाख ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै बिभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
    प्रतियोगिता अन्तर्गत भोली क्वाटरफाइनल अन्तर्गत २ खेल हुनेछ । भोली हुने पहिलो खेलमा आर आर FC र हानामी भरतपुर FC भिड्नेछन् । यस्तै भोलीको दोस्रो खेलमा शक्तिखोर FC र JPOC तालिमकेन्द्र बिच प्रतिस्पर्धा हुनेछ । खेल दिनको ठीक २ बजेदेखि सुरु हुने छ।

    आजको खेल को म्यान अफ दि म्याच कैलाश युथ क्लव का जर्सी नं ३ का मनोज विष्ट भएका छन्।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु