skip this
  • फिचर

    देउवा–सिटौला एउटै मञ्चमाः पार्टी कलह र भागबण्डाबारे जवाफ माग्ने

  • काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला आज एउटै मञ्चमा देखिँदै छन् ।

     

     

    पार्टीको कार्यसम्पादन समिति गठनको विषयमा आफूलाई सभापति देउवाले ‘अपमान’ गरेको भन्दै केही दिन यता सिटौला रुष्ट छन् ।

    यहीबीचमा आज जिल्ला कार्यसमिति काभ्रेले भकुन्डेबेसीमा आयोजना गरेको कार्यक्रममा सभापति देउवा र सिटौलाले एउटै मञ्चमा सहभागि हुने भएका हुन् ।

    आज दिउँसो १ बजे हुने कार्यक्रममा देउवा र सिटौलासँगै केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताहरु पनि सहभागि हुने कार्यक्रम छ ।

    सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको बैठकमा सिटौलाले आफूमाथि अपमान भएको भन्दै बहिस्कार गरेका थिए ।

    सभापति देउवाले २९ सदस्यीय कार्यसम्पादन समितिमा वरिष्ठ नेता पौडेल पक्षलाई ४० प्रतिशत दिन तयार भएपछि सिटौलालाई कसले समेट्ने भन्ने विवाद उत्पन्न भएको थियो ।

    पौडेलले आफूलाई ४० प्रतिशत दिँदा सिटौलालाई ६० प्रतिशत हिस्सा लिने पक्षले समेट्नुपर्ने बताएका थिए ।

    देउवा पक्षले लामो समयदेखि सिटौला आफ्नो पक्षमा नरहेकाले पौडेलले नै समेट्नु पर्ने तर्क गरेका थिए । दुवै नेताको कुरा सुनेपछि सिटौला केही नबोली बैठकबाट रिसाउँदै बाहिरएका थिए ।

    नेता सिटौलाले पार्टीभित्रको कलह, आफूमाथि गरिएको ‘अपमान’ र सत्ता पक्षबाट काँग्रेसले भागबण्डा खोजेको भन्ने आरोपबारे सभापति देउवासँग सार्वजनिक रुपमै जवाफ माग्ने सिटौला स्रोतले जानकारी दिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु