skip this
  • चितवन विशेष

    छिट्टै विप्लब मुलधारमा आउँदैछन् : गृहमन्त्री बादल

  • ४ बैशाख, हेटौँडा

    राज्य र संविधान विरोधी गतिविधी गर्ने बिप्लब समुहलाई राजनीतिक मुलधारमा ल्याउनका लागि प्रयत्न भईरहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । गृह मन्त्रालयको आयोजनामा हेटौंडामा प्रदेश नम्बर ३ स्तरीय गोष्ठीको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले कानुन विपरीत गतिविधि गर्नका लागि कसैलाई पनि छुट नभएको बताए । मुलुकभित्र ध्वङ्सात्मक गतिबिधि गर्नका लागि कसैलाई पनि छुट नभएको बताउँदै गृहमन्त्री थापाले भने–राज्य बिरुद्धका गतिबिधि पहिले गर्दा सिके राउतलाई पनि पक्राउ गरिएको थियो । अहिले राज्य बिरुद्धका ध्वङ्सात्मक गतिबिध गरिएकाले बिप्लबका नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएको हो ।’

    देशको शान्ति सुरक्षालाई मजबुद्ध बनाउनका लागि प्रदेश भरीका जिल्लाका सुरक्षा निकायहरुसँग बार्षिक रुपमा गरिदै आएको कार्यक्रम बताउँदै उनले देशको आन्तरिक शान्ति सुरक्षा मजबुत बनाउनका लागि कार्यक्रम गरिएको बताए ।

    संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर सुरक्षालाई अझै मजबुत बनाउन सकिने पनि उनले बताए । संघिय प्रहरी ऐन नबनेकाले समस्या भएको बताउँदै यो ऐन बनिसकेपछी सुरक्षा सम्बन्धी अधिकार प्रदेशमा पनि आउने जानकारी दिए । अहिले पनि शान्ति सृुरक्षाको अधिकार प्रदेश सरकारलाई पनि रहेको पनि उनले निकीर गरे ।

    मुलुकको अखण्डता संगै सुरक्षा चुनौति पहिले धेरै नै भएपनि अहिले भने त्यस्तो अबस्था नरहेको उनको भनाई छ । देशको सुरक्षाका लागि अभियान संचालन गरिएको बताउँदै देशको सुरक्षा स्थितीलाई मजबुत बनाइएको दाबी उनको रहेको छ । बिकाशको मजबुत आधार बनाइएको बताउँदै उनले पुर्वाधार निर्माणका कामहरु गरिरहेकाले अब संघियतालाई कार्यान्वयनमा लैजान लागिएको बताए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु