skip this
  • फिचर

    पिपल्टार युथ क्लब भलिबल प्रतियोगिताकाे उपाधी रुपटार लाइ

  • चैते दसैको अवसरमा पिपल्टार युथ क्लबद्वारा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधी टिम रुपटारले जितेको छ भने आयोजक पिपल्टार युथ क्लब उपबिजेता भएको छ। खेलमा तनहुँ नवलपुर र पाल्पागरि १५ टिम सहभागी थिए खेल चैते दसै अर्थात चैत्र ३० गते देखि सुरु भएको हो। आज भएको फाइनल खेलमा टिम रुपटारले आयोजक टिमलाइ पराजित गरेको हो।
    जितसगै टिम रुपटारले रु ४०००० (चालीस हजार रुपैया), मेडल र ट्रफी जितेको छ। भने दोस्रो हुने आयोजक ले रु २०००० मा नै चित्त बुझाउनु परेको छ त्यसै गरि तेस्रो हुने मधुबन टिमले रु १०००० मात्र पाएको छ।
    टिम रुपटारलो कप्तानी पुर्ब क्षेत्रीय खेलाडी पवन गिरीले गर्नु भएको थियो भने कोचमा अनुश गिरी र टिम मेनेजरमा कृष्ण गिरी हुनुहुन्थ्यो। जित सगै कप्तान गिरीले खेल शान्त रुपमा सन्चालन गरेकोमा नया बर्षको शुभकामना सहित आयोजक टिमलाइ बधाई दिनु भएको थियो। त्यसै गरि मेनेजर गिरीले खेलमा हार जित हुनु नौलो कुरा होइन खेल अनुशासन रुपमा खेल्नुनै आगामी खेलको जितकालागी उत्प्रेरणा हो भन्ने जस्ता कुरा राख्नु भएको थियो।
    समापन कार्यक्रमको प्रमुख अथिती रहनुभएको ऋषिङ गाउपालिका उपमेयर गिनु माया थापाले खेल रास्ट्रको गहना हो र यसलाइ निरन्तरता दिदा स्वस्थलाई नि राम्रो हुने कुरा बताउनु भएको थियो। कार्यक्रमको समापन भने क्लबका अध्यक्षले नै गर्नु भएको थियो।
    चैते दसै मेला खुल्ला भलिबलको उपाधी टिम रुपटारलाइ

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु