skip this
  • फिचर

    “यात्रा”काे नायिका मलिकाकाे फाेटाे सेसन

  • नेपाली चलचित्रमा यो वर्ष झन्डै एक दर्जन नयाँ अनुहार अभिनेता तथा अभिनेत्रीका रूपमा प्रवेश गरेका छन् । तीमध्ये सम्भावना बोकेकी एउटी अनुहार हुन्— मलिका महत । मलिकाको पहिलो चलचित्र यात्रा : अ म्युजिकल भ्लग प्रदर्शनको तयारीमा छ । चलचित्रका प्रचार सामग्रीहरूबाट मलिकाले आफ्नो कामको प्रशंसा पाउन थालिसकेकी छिन् । अभिनेता सलिनमान बनियाँको जोडीका रूपमा प्रस्तुत भएकी मलिकाले उक्त चलचित्रमा दृष्टिविहीन युवतीको भूमिका निर्वाह गरेकी छिन् । यतिबेला मलिकाको अभिनय मात्र होइन, सौन्दर्यको पनि चर्चा चलिरहेको छ । मलिकालाई चलचित्रका निर्देशक सम्राट शाक्यले इन्स्टाग्रामको उनको एउटा तस्बिर देखेपछि अभिनयका लागि प्रस्ताव राखेका थिए ।
    ‘पहिलो चलचित्रमै दृष्टिविहीनको भूमिका निर्वाह गर्नुपर्दा डर लागेको थियो, स्पाइसी फुडकी पारखी मलिका भन्छिन्— ‘यद्यपि सम्पूर्ण टिमको सहयोग र उत्साहले चुनौतीपूर्ण भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्न सफल भएँ ।’ चलचित्र यात्रामा अभिनय गर्नुअघि गायक स्वप्न सुमनको म तिम्रो तथा गायक उमंगराज श्रेष्ठको फ्लोजन गाइज गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेकी १९ वर्षीया मलिका आगामी दिनमा पनि चलचित्रको अभिनयलाई निरन्तरता दिने योजनामा छिन् । सन् २०१६ को मिस एसएलसीकी सहभागी मलिका काठमाडौंमै जन्मिएर यतै हुर्किएकी हुन् । उनी यतिबेला स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् ।

    तस्बिर सहयाेग साप्ताहिक पत्रिकाकाे अनलाइन
    कृष्ण भट्टराई
    तस्बिर : महेश प्रधान
    लोकेसन : डाइनिङ पार्क रेस्टुराँ, पुरानो बानेश्वर

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु