skip this
  • चितवन विशेष

    काे हुन नेकपा चितवनका अध्यक्ष ‘ इन्द्रजीत ‘ ?

  • केहि दिन अगाडी टुङ्गाे लागेकाे नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) काे जिम्वेवारी बाँडफाडमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)  चितवन जिल्लाकाे अध्यक्षमा चुनिनु भएका  यम बहादुर परियार ‘ इन्द्रजीत ‘  सँग हाम्रा संवाददाता द्धय जायश्वर आचार्य र सन्देश अधिकारीले गरेकाे कुराकानिकाे आधारमा तयार पारिएकाे उँहाकाे अहिले सम्मकाे इतिहास ।।

    चितवन जिल्ला का चर्चित कम्युनिस्ट नेता ,चितवन जिल्लाको कम्युनिस्ट इतिहास मा सबैभन्दा पुरानो नाम तथा हाल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का जिल्ला अध्यक्ष यम बहादुर परियार ‘ इन्द्रजीत ‘ को जन्म वि. स. २०२१ वैशाख ७ गते भारतको पश्चिम बंगाल राज्य को खडकपुर सहरमा पिता टीकाराम परियार र माता पुड्कीमाया परियारको कान्छो सन्तानको रुपमा भएको थियो । उहाँ तीन दिदीबहिनी र दुई दाजुभाइ मध्यका कान्छा सन्तान हुनुहुन्छ।

    सन् १८१६ को सुगौली सन्धि पछि धन कमाउन का लागि भारत जाने क्रममा उहाँका बुबा तनहुँ जिल्लाको सिसाघाट बाट भारत जानु भएको थियो।उहाँ जन्मदाको समयमा उहाको पारिवारिक आर्थिक अवस्था ज्यादै नाजुक रहेको थियो भने दलित परिवारमा जन्मनुभएको र समाजमा विभेद पूर्ण स्थिति रहेकाले विभिन्न सामाजिक समस्याहरू को सामना गर्नुपर्दथ्यो।आर्थिक अवस्था कमजोर रहेकोले औपचारिक शिक्षा धेरै नभएपनि अनौपचारिक शिक्षा र मार्क्सवाद को भने गहिरो रूपमा अध्ययन गर्नुभएको थियो ।

    समाजमा रहेको विभिन्न शोषण,दमन र छुवाछूत का कारण र उक्त दमन शोषण को अन्त्य कम्युनिस्ट मात्र गर्न सक्छ भन्ने भावनाअनुरूप अनेरास्ववियु छैटौं बाट बिधार्थि सुरुवात गर्नुभयको थियो भने पार्टी गत राजनिती भने २०४१ साल देखि तत्कालिन नेकपा (मशाल ) बाट पार्टी सदस्यता लिए पश्चात सुरु गर्नु भएको थियो।पार्टीगत जीवनमा लागेपश्चात उहाँका लेख र रचनाहरू विभिन्न पत्रपत्रिकामा छापिने गर्दथ्यो र त्यही लेख,रचना को संगालो को रूपमा उहाले नेपालमा वर्गसंघर्ष र दलित नामको कृति पनि प्रकाशित गर्नुभएको थियो।

    उहाले अहिलेसम्म आइपुग्दा पार्टीको विभिन्न तह र जिम्मेवारीमा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्नुभएको थियो।उहाको राजनीतिक यात्राको कुरा गर्दा २०४८ सालमा प्रवासको कुनै जिल्लाको सेक्रेटरी रहनुभएको थियो।२०४८ सालमा नेकपा (मशाल),नेकपा(चौथो महाधिबेसनको) र सर्वहाराबादी श्रमिक संगठन को एकता भई बनेको नेकपा(एकता केन्द्र) को माडीमा भएको महाधिवेशनमा प्रवासबाट प्रतिनिधिको रूपमा आएर भाग लिनुभएको थियो। २०५८ सालमा तत्कालीन नेकपा-माओवादीले सुरु गरेको जनयुद्धको चरम अवस्थामा उहाँ क्षेत्रीय ब्यूरो सदस्य को जिम्मेवारीमा हुनुहुन्थ्यो। त्यतिबेला जम्मा १६ जनाको क्षेत्रीय ब्युरो कमिटी रहेको थियो। त्यस्तै २०६० सालदेखि २०६५ सालसम्म चितवन जिल्ला सेक्रेटरी, २०७१ सालमा एनेकपा माओवादीको चितवन जिल्ला अध्यक्ष, २०७२ को अन्तिम तिर १० कम्युनिस्ट पार्टीहरूको एकता पश्चात बनेको नेकपा ( माओवादी केन्द्र)को जिल्ला संयोजक रहनुभएको थियो।त्यस्तै अहिले २०७६ सालमा आउँदा नेपालका दुई ठूला कम्युनिस्ट पार्टीका बीचमा एकता भएर बनेको शक्तिशाली कम्युनिस्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चितवन जिल्ला अध्यक्ष जस्तो गरिमामय पदमा मनोनित हुनुभएको हो।

    २०६४ सालको आमनिर्वाचनमा चितवन जिल्लाबाट समानुपातिक सूचीमा उहाँको नाम परेको भएपनि विभिन्न कारणले चयन हुनुभएको थिएन। त्यस्तै २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा चितवन क्षेत्र नं १ बाट चुनाव लडेपनि पराजित हुनुपरेको थियो। उहाको जीवनीलाई अध्ययन गर्दा उहाँ कुनैपनि दमन,अत्याचार र भेदभाव नसहने र सदैव शोषित पीडित जनताको पक्षमा आवाज उठाउने एक कुशल नेता हुनुहुन्छ । जस्तोसुकै परिस्थिति मा पनि आफूलाई ढाल्न सक्ने भएकाले उहाँलाई चितवन बासीले एक गतिशील नेता पनि भन्ने गर्दछन्।त्यस्तै उहाँ जिल्ला अध्यक्ष मनोनित भएपश्चात चितवन का जनताहरू ज्यादै खुसिभयका छन्।र अबको उहाको कार्यकालमा नेकपा (नेकपा) को समाजवादी यात्रा लाई ठूलो सहयोग हुने अपेक्षा गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु