skip this
  • चितवन विशेष

    कैलाश टोल भरतपुर ११ मा “कैलाश बाल क्लब” गठन

  • वैशाख १८,भरतपुर :-

    जायश्वर आचार्य –

    भरतपुर महानगरपालिका वडा नं ११ अन्तर्गत रहेको कैलाश टोल विकास समिति मा बुधबार “कैलाश बाल क्लब” को गठन भएको छ।

    भरतपुर महानगरपालिका वडा नं ११ का जननिर्वाचित वडा सदस्य चिन्तामणी लम्साल को प्रमुख आतिथ्यतामा र ज्येष्ठ बाल सदस्य जीवन सुनारी मगर को सभापतित्वमा सम्पन्न भेला द्वारा ११ सदस्यीय बाल क्लब र ९ सदस्यीय अतिरिक्त क्रियाकलाप समिति गठन गरेको हो। बाल क्लब को अध्यक्ष मा अनामिका थापा, उपाध्यक्ष जीवन सुनारी मगर,सचिव समीर लौडारी, कोषाध्यक्ष स्मृति तिमिल्सिना र सदस्यहरुमा साकार लामिछाने,आदित्य अधिकारी,लिजन गुरुङ,राज अधिकारी, सास्था अछामी,आशिष बस्नेत,मन्दिप साह रहेका छन्।

    त्यस्तै अतिरिक्त क्रियाकलाप समितिमा अर्सिका बराल,रिया भट्ट,समीक्षा देवकोटा,ममता गुरुङ्ग,कसुमी मगर,सुदिप श्रेष्ठ,रोमान्सु थापा,निरव तिवारी,सारिका लामिछाने रहेका छन्।

    आयोजित भेलामा कैलाश टोल विकास समितिका अध्यक्ष रवीन्द्र बराल,सचिव कृष्ण प्रसाद तिवारी,सल्लाहकार मनोज बराल,सल्लाहकार लेखनाथ पोख्रेल,कैलाश युथ क्लब का कोषाध्यक्ष अम्बिका लामिछाने र टोल बासीहरु लगायत करिब ७० भन्दा बढी बालबालिकाको उपस्थिति रहेको थियो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु