skip this
  • चितवन विशेष

    महानगरपालिकामा म्याजिक आतंक

  • बिकास ढकाल, भरतपुर, चितवन

    भरतपुर महानगरपालिकामा यात्रुबाहक म्याजिक भ्यान हरूले जथाभावी म्याजिक राेकी अस्वथ्य प्रतिस्पर्धा गर्नाले म्याजिक आतंक बढिरहेको छ  ।

    पार्किङ निषेध गरिएको स्थान मा पैदल यात्रु हिंड्न बनाइएको जेब्रा क्रसिङमा र  सडकको बिचमा गाडी रोक्ने र यात्रु ओराल्ने झराल्ने गर्द्छन जसले गर्दा अन्य सवारी सहित पैदल यात्रु लाई समेत हिंड्न र यात्रा गर्न निकै कठिन भएकाे छ ।

    यति मात्र के हो र पटक पटक यात्रु सँग कहिले भाडा को निहुँ मा त कहिले कुन निहुँ मा झगडा गरि असुहाउँदो शब्द प्रयोग गर्छन  । सवारीका सह चालक, चालक र म्याजिक भ्यानको चाप धेरै भएकोले कुन गाडी कहाँ पुग्ने हो भनी यात्रु लाई छुट्टाउन कठिन पर्छ ,यात्रु तानातानामा पर्छन र जानू पर्ने एक स्थानमा र पुगिन्छ अर्को स्थानमा जसले गर्दा समयको साथ साथै धन पनि खर्च हुन्छ र फेरि पनि सवारी का चालक सँग झगडा पर्दछ यसमा गल्ती अब कस्को र अझै म्याजिक आतंक बढ्न दिने हो कि ? अब यो आतंकको अन्त्य गर्ने छ महानगरले ?

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु