skip this
  • फिचर

    फिल्म ’साइनो’ को रिलिज डेट घोषणा

  • प्रथम नायिकाको फिल्म ’साइनो’ को रिलिज डेट घोषणा नेपालको पहिलो फिल्म’आमा’की नायिका भुवन चन्द थापाले निर्माण गरेको फिल्म ‘साइनो’ले नयाँ रिलिज मिति घोषणा गरेको छ ।

    त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म’साइनो’मा डेब्यु ब्वाइ राजकुमारसँग ‘लालपूर्जा’ फेम्ड एक्ट्रेस मिरुना मगरले अनस्क्रिन रोमान्स गरेकी छन् ।

    फिल्म ‘साइनो’का कार्यकारी निर्माता शरण थापाका अनुसार फिल्म अब साउन २४ गते रिलिज हुने भएको छ । रमेश थापाले निर्देशन गरेको फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनाली लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म रामेश्वर कार्कीले खिचेका हुन् भने बनिश शाहले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु