skip this
  • फिचर

    यस्तै राजनीति रहिरहे पार्टी मात्र होइन देश नै रहदैन : लेखनाथ न्यौपाने

  • नेपाली क्रान्तिकारी बिद्यार्थी आन्दोलनका चर्चित नेता तथा हाल सत्तारुढ दल नेकपका केन्द्रिय नेता लेखनाथ न्यौपानेले अहिलेको राजनीति र राज्य संचालन यस्तै रहे पार्टी र मुलुक नै संकटमा पर्ने धारणा सार्वजनिक गरेका छन  । आफै रहेको पार्टी सरकारमा रहेर पनि मुलुकमा देखिएको भ्रष्टाचार ,वेथिती र सामाजिक बिकृतिले कहि बाट पनि आसा गर्न नसकिन चित्र देखिएको संकेत गरेका छन ।

    भर्खरै मात्र सामाजिक संजाल फेसबुकमा लामो स्टाटस अपलोड गर्दै ? मुलुकको राजनीतिक क्षेत्रमा छलफल र वहस हराउदै गएको बताएकाछन । उनले भनेका छन नेताको वरिपरी जो देखिन्छ र देखिइरहनुपर्छ, उसैको मात्र गणना हुने प्रणालीले कस्तो संस्कृति र पार्टी बनाउँदैछौं ? कस्ता कार्यकर्ता उत्पादन गर्दैछौं हामी ?

    न्यौपानेले जेजे गरेर भएपनि सम्पत्ति थुपार्ने नै बहादुरी र सफलता हो भने हाम्रा पार्टीहरु विघटन हुने निश्चित भएको बताएकाछन । यहि प्रवृत्ति रहिरहे म देशै नै विघटन हुने खतरा खतरा नजिकै रहेको उल्लेख गरेकाछन ।

    न्यौपानेको स्टाटस जस्ताको तस्तै

    @निराशा होइन तर साँच्चै मन भक्कानिएर आउँछ
    बाहिर हेर्यो डर लाग्दो चित्र देखिन्छ, भित्र हेर्यो उस्तै छ !
    #एउटा सामान्य लेखापालले ६१ करोड भ्रष्टाचार गर्छ र त्यसलाई लुकाउन चारचार वटा श्रीमती एकैपटक जम्मा गर्छ तर कुनै श्रीमती वा परिवारका अन्य सदस्यले यो सम्पत्तिको स्रोत के हो ? उसँग भनेर प्रश्न उठाउँदैनन् । के पैसा भए सबै राम्रो ?
    #राजश्व अनुसन्धान विभागको पूर्व महानिर्देशक, भूमि व्यवस्था मन्त्रालयको पूर्व सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्व प्रमुखको सम्पत्ति विवरण सुन्दा बहुसंख्यक जनता मुर्छा पर्ने अवस्था कसरी आयो ?
    #सामान्य जनताका सामान्यभन्दा सामान्य काम एयष्तिष्अब िएयधभच÷ःयलभथ एयधभच विना एक इञ्च पनि अघि सर्दैन । ‘विधि र प्रक्रियामा छिरेर योग्यता प्रदर्शन गर्छु । सफल हँुदा योग्यता पुगेको ठान्छु । असफल हँुदा पनि योग्यले ठाउँ पायो, मेरो अझै योग्यता पुगेन भन्छु’ भन्ने ठाउँमा हामी पुग्न नसक्दा वा अयोग्यहरुले एयधभच को भरमा योग्यहरुको ठाउँ लिंदा देशमा युवा असुरक्षित, निराश र पलायनताको ओइरो लागेको लाग्यै छ ।
    #नाफामा चलेको निजी कम्पनीले अर्बौ राज्यलाई तिर्नुपर्ने राजस्व तिर्दैन । किन तिर्दैनस् ? भन्दा खुलेआम राजस्वभन्दा बढी चन्दा तिमीहरुलाई दिएको छु भन्छ । हामी केही बोल्दैनौं÷ केही गर्न सक्दैनौंै ?
    #आन्दोलनमा आँसु र पसिना मात्र होइन, रगत पनि बगाइयो तर निजी सुख प्राप्तीको उद्देश्य रौं जति पनि राखिएन र आज पनि राखिएको छैन । आज समाज, राज्य, पार्टी र सहयोद्धाहरु देख्दा र मसिनोसँग नियाल्दा मन थाम्नै नसक्नेगरी भक्कानिन्छ । के भएको हो यो वा हँुने नै यस्तै हो ? संस्थागत प्रणाली र पार्टी कार्यालयमा कोही नेता भेट हँदैन÷गर्न सकिदैन । जस्केला सधैं खुल्ला छ भन्छन् । जस्केलाबाट छिरेर माग्नु के छ र छिर्नु ? छलफल र वहस त कहाँ हो कहाँ ? नेताको वरिपरी जो देखिन्छ र देखिइरहनुपर्छ, उसैको मात्र गणना हँुने प्रणालीले कस्तो संस्कृति र पार्टी बनाउँदैछौं ? कस्ता कार्यकर्ता उत्पादन गर्दैछौं हामी ?
    #जेजे गरेर भएपनि सम्पत्ति थुपार्ने नै बहादुरी र सफलता हो भने हाम्रा पार्टीहरु विघटन हुनेमा मात्र सीमित हँुदैन घटना, परिणाम देशै नै विघटन हुने खतरा उकालो चढेको देख्दा उकुसमुकुस उल्कासँग मडारिन्छ मन र भक्कानो छुट्छ । कस्तो नियति भयो हाम्रो पस्ताको भनेर अधि
    र हुन्छ सोंचहरु !

    समाचार सहयाेग राजनिति डटकम

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु