skip this
  • चितवन विशेष

    पदमपुरमा प्रहरी चाैकी राती ताेडफाेड टाँडीमा गोली चल्यो, १५ बढी नियन्त्रणमा,

  • चितवन,बैशाख २६-

    ईलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवककाे मृत्यु  भएपछि स्थिति तनावग्रस्त बनेको छ । पदमपुरकाे प्रहरी चाैकी समेत ताेडफाेड भएकाे छ ।

    कालिका नगरपालिका वडा नं. १ का समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाईते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको छ ।उपचारकाे क्रमामा उनकाे पुरानो मेडिकल कलेजमा भएकाे छ  ।

     

     

    घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सो क्रममा प्रहरीले पाँच/सात राउण्ड हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो ।

     

    प्रहरीले बल प्रयोग गरी राजमार्ग नियमित गराएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । घिसिङ वैशाख २५ गते चोरी अभियोगमा पक्राउ परेका थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु