skip this
  • फिचर

    म्युजिक भिडियाे ‘कसरी भनुँ’मा विश्व र नमिता सँगै

  • ‘कसरी भनुँ’मा विश्व र नमिताको प्रेम (भिडियाे) मोडलद्धय विश्व शर्मा र नमिता भुषाल फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आर.के खत्रीको शब्द, संगीत र स्वरमा सजिएको ‘कसरी भनुँ’ बोलको गीतलाई रिकेश गुरुङले ऐरेन्ज गरेका हुन् ।

    एउटा प्रेमीले व्यक्त गर्न नसकेको प्रेमको भाव समेटिएको पे्रमिल गीत निकै सुमधुर बनेको छ । विकि पुलामीको निर्देशन रहेको गीतको भिडियोमा सतिज श्रेष्ठको छायांकन र कुन्चोक शेर्पाको सम्पादन रहेको छ ।

    म्युजिक भिडियोको आधा भन्दा बढि छायांकन अमेरिकामा गरिएको हो । अमेरिकामा बसोबास गर्दै आएका विश्व र नमिताले यसअघि पनि थुप्रै गीतहरुमा एकसाथ काम गरिसकेका छन् । यि दुईले अभिनय गरेको ‘आत्मामा’, ‘टुक्रेको मुटु’ लगायत म्युजिक भिडियो दर्शकमाझ निकै चर्चित छन् ।

  • फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु