skip this
  • चितवन विशेष

    सप्तगण्डकी क्याम्पसका पत्रकारिता अध्ययनरत विधार्थीले उठाए सहयाेग रकम

  • सप्तगण्डकी बहुमुखी क्याम्पसका कक्षा १२ मा अध्यनरत आमसन्चार तथा पत्रकारिताका बिध्यार्थी हरुले आमाबुवा नभएको असहाय १४ वर्षका बालक रमेश के सि सहयाेगका लागि अार्थिक संकलन गरेका छन ।

    रमेश के सि अहिले बेवारिस छन र क्यान्सर रोग का कारण ६ महिना देखि भरतपुर को क्यान्सर अस्पताल मा मृत्यु र जीवन सँग लडिरहेका छन ।

    बालक लाई बचाउने उद्देश्यले रमेश के सि बचाउ अभियान बोकेर आर्थिक संकलन गर्दै हिडि रहेका ती युवाहरुले मिति २०७६/२/७ गते का दिन भरतपुर का सामुदायिक विद्यालय लगायत विभिन्न कलेज बाट रु १६००० आर्थिक संकलन उठाउन सफल भएका छन । यस्ता कार्यमा साथ दिने विद्यालय का साना साना भाइ बहिनी हरु लाई धन्यवाद दिएका छन । विभिन्न  बिध्यालय हरु बाट रकम यस प्रकार उठेको छ ।

    आदिकवी भानु मा वि – ४०००

    चितवन मा वि – ३३३०

    नारायणी नमुना मा वि – २०००

    बिरेन्द्र क्याम्पस evening group – ३२३०

    अन्य – ३४५० गरि जम्मा १६००० रकम संकलन गर्न सफल रहेका छन। र यदि कसैले सहयोग गर्न चाहनु हुन्छ भने 9864177354 मा सम्पर्क राख्न सक्नु हुने छ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु