skip this
  • फिचर

    राजिव जैन लाइ १ कराेड जिताउन सेटिङ्ग भएकाे शंका (हेर्नु भिडियाे प्रस्टै छ)

  • विकास ढकाल

    भारतको सिकाे गर्दै  को बन्छ करोपती नेपाल भित्रीएपछि नेपालमा बिशेष चासो दिएर हेर्ने दर्शकको ठूलै जमात रहेको छ । तर यो कार्यक्रममा १ करोड जीतेर इतिहास रच्ने विराटनगरका राजीव जैन विबादमा तानिएका छन् ।

    कहि कसैले कतै नसुनेको नचिनेका जैन आफ्नो बौद्धिकतालाई प्रयोग गरेर रातारात करोडपती बनेपछि त्यसले चर्चा परिचर्चा सर्वत्र रुपमा पाउनु स्वभाविक हो । उनको ज्ञान र क्षमताको सबैले खुलेर मुत्तकण्ठले प्रसंशा गरे । करोड बाजी मारेपछि खुसी मनाइरहेका जैनलाई यतिबेला कडा झड्का लागेको छ । समाजिक संञ्जालमा म्याच फिक्सिङ गरेर जैनलाई करोड जिताइएको भन्दै प्रश्न उठेको छ ।

    को बन्छ करोडपतीको १५ औँ अर्थात एक करोडको प्रश्नमा राजीव अलमलिएका थिए । २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा भएको थियो ? भन्ने प्रश्नका अप्सनहरु बि.स २०१४ माघ १९ गते, बि.स २०१४ फागुन ७ गते, बि.स २०१४ मंसिर २१ गते र बि.स २०१४ पौस २५ गते रहेका थिए ।

    ती अप्सनहरुमा राजीव निकै अलमलिएपछि कार्यक्रम संन्चालक महानायक राजेश हमालले आरामले जवाफ दिन सक्नुहुन्छ पानी खानुस भन्दै एक छिन डुल्न पनि सक्नुहूछ भनेर स्टेजमा एक फेर लगाउन लगाएका थिए, जुन भिडियोमा स्पष्ट देख्न सकिन्छ । राजेश हमालसँग कुराकानी गर्दै स्टेजमा घुमिरहेको बेलामा बाहिरबाट एउटा आवाज सुनिन्छ माघ, माघ भन्ने ।जुन भिडियो हेर्दा स्पष्टै नै सुन्न सकिन्छ । भिडियोको ३४ मिनेट १७ सेकण्डमा सो कुरा स्पष्ट सुन्न सकिन्छ राजीव र राजेश घुमिरहँदा बाहिरीबाट स्पष्ट आवाज आएको छ ।

    पहिलो दोधार भइरहेका राजिव जैनले जव त्यो सुने हट सिटमा बसेपछि २०१४ माघ १९ भन्ने अप्सन मै फिक्स गर्दिनुस् भने र एक करोड बाजी मारे । अहिले त्यो नेपथ्यको आवाजलाई लिएर कार्यक्रम युनिट माथि व्यापक प्रश्नहरु उठेका छन्। कार्यक्रम यूनिटका तर्फबाट अहिले सम्म यस विषयमा कुनै औपचारिक धारणा बाहिर आएको छैन ।

    यो कुरा बाहिर आएपछि को बन्छ करोडपतिको विश्वसनियतामा व्यापक प्रश्न तेर्सिएको छ । कार्यक्रमले सोचेको जस्तो टिआरपी कमाउँन नसकेपछि निर्माण युनिटले पछिल्लो समय निकै प्रोपोगाण्डा गरिरहेको थियो

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु