skip this
  • चितवन विशेष

    मैकै माथी फाैजी आक्रमण (हेर्नुस भिडियाे सहित)

  • चितवन । फौजी किराले अन्नबाली नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् । रातको समयमा आउने किराले मकै नष्ट गरेपछि किसानहरु समस्यामा परेका हुन ।

    राप्ती नगरपालिका वडा नं १ स्थित दुविचौरमा मध्यरातको समयमा एकै हुलमा आउने उक्त किराले मकैको सम्पुर्ण पात खाने र घोगामा थुप्रिएर बस्ने गरेको पिडित किसानहरुले बताएका छन । खेतमा लगाएको अन्नबाली सखाप पार्ने गरी खाइदिएपछि आफूहरु मर्कामा परेको दुविचौरका किसान मान बाहादुर स्याङबोले जानकारी दिए ।

    बिहान र दिउँसो खासै देखिँदैन, रातको समयमा आएर सखाप नै पारिदिन्छ, स्याङबोले भने, पहिला विषादीको प्रयोग पनि गरिएन अहिले समस्या भएको छ । भर्खरै उम्रेको मकैमा यस्तो प्रकोप देखिएपछि किसानहरु मारमा परेका छन् । स्थानिय बिनुमाया मोक्तान, उद्धव त्रिपाठि, अर्जुन ढकाल, यम बहादुर लामा, प्रताप स्याङबो, मञ्जु ढकालको बालीमा किराको प्रकोप देखिएको हाे ।

    राप्ती नगरपालिकाका बाली संरक्षण अधिकृत श्री कृष्ण न्यौपानेले केहि दिन अघिसम्म पानी परेको र अहिले गर्मी बढेका कारण किराका लागि मौसम अनुकुल भएर सङ्क्रमण फैलिएको हुन सक्ने बताए । उनले त्यस क्षेत्रमा फैलिएकोे फौजी किराको प्रकोप नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिए । यसैबिच राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, कृषि अधिकृत लगाएतको टोलिले किराले मकै नष्ट गरेको क्षेत्रको अनुगमन समेत गरेका छन । नगरपालिकाको उक्त क्षेत्र मकै उत्पादनको दृष्टिले पकेट क्षेत्र मानिएको छ ।

    समाचार सहयाेग https://www.kalikadainik.com

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु