skip this
  • चितवन विशेष

    विप्लव तीर्थराज घिमिरेलाई नियोजित इन्काउण्टरमा मारियो : पुर्व मन्त्री डीआर पौडेलकाे गम्भिर खुलासा

  • काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डीआर पौडेलले तीर्थराज घिमिरेलाई नियोजित इन्काउण्टरमा मारिएको बताएका छन् । तिर्थराजको हत्याबारे विभिन्न टिकाटिप्पणी भइरहेको बेला नेता पौडेलले राज्यसत्ताले विद्रोहीलाई जिस्काएर हत्या र इन्काउन्टरको नीति लिए विद्रोह नजिकिने समेत बताएका छन् ।

    “विद्रोहीलाई जिस्क्याएर राज्यसत्ताले हत्या र इन्काउन्टरको नीति लिन थाल्ने हो भने विद्रोह नजिकिन्छ भन्ने कुरा त बादल कामरेडलाई थाह हुनु नै पर्ने हो । (०५२ को अनुभव) नेता पौडेलले लेखेका छन् । त्यस्तै उनले अगाडि लेखेका छन्, दोहोरो भिडन्तको नाममा हिजो जनयुद्धकालमा थुप्रैले कसरी शहादत पाउँथे भन्ने कुरा पनि सबैले बुझेकै कुरा हो । हामी हिजो त्यसलाई ‘पुरानो सत्ता’को करामत भन्थ्यौं । आज हामी नयाँ सत्ताका सत्ताधिकारी पनि त्यसै त गर्दै छैनौं आम रुपमा प्रश्न उठेको छ” पौडेलले लेखेका छन् ।

     

    दोहोरो भिडन्तको पहिलो बरदात स्थल भनिएको धोद्रे हुँदै दिल्पा पाटन, साउने भएर कुदाककाउलेका घिमिरे बन्धुहरुकहाँ रात साँझ पुगेर ०५१–५६ को बीचमा पार्टीका दर्जनौं बैठक मैले पनि गरेको छु । युद्धको घोषणा गरेको, विद्रोहीहरु क. प्रचण्डले भन्ने गरेझैं फेरि जंगल गएको र राज्यले ‘जंगल सर्च’ नै चलाएको भए बेग्लै नभए धोद्रेमा दोहोरो भिडन्त, खुट्टामा गोली, अन्नपूर्णमा प्राथमिक उपचार र धरानमा मृत्यु कति प्रायोजित हो ? सहजै अनुमान गर्न सकिन्छ, यो नियोजित ‘इन्काउन्टर’ हो। जे होस् राज्यको गोलीले मृत्यु भएका तिर्थ घिमिरेलाई शहीद भन्न अन्कनाउनु पर्दैन । शहीद तिर्थ घिमिरेप्रति श्रद्धान्जली ! शोकसन्तप्त घिमिरे परिवारप्रति हार्दिक समवेदना । उनले फेसबुक स्टाटसमा लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु