skip this
  • फिचर

    मोहन मावि भरतपुरमा प्रधानाध्यापक र शिक्षकहरुवीच यस्ताे लफडा, विधार्थी मारमा (हेर्नुस भिडियाे)

  • मध्य नेपाल अप्रेशन  EP 02

    भरतपुर ।चितवन १६

    करीब १ महिनाबाट मोहन मावि भरतपुरका प्रधानाध्यापक तेजप्रकाश पाण्डे र शिक्षकहरुवीचको दुरी बढ्दै गएपछि  उनीहरुले प्रअको कार्यकक्षमा ताला लगाएका छन । प्रअ पाण्डेले त्यहांँ कार्यरत शिक्षकहरुको सल्लाह,सुझाव नै नसुनी मनोमानी ढंगले प्रशासन चलाउन खोजेपछि उनीहरुले आइतवारदेखि ताला लगाएका हुन ।  केहि शिक्षक हरूले भने प्रअकाे नै कमजाेरी नरहेकाे बताएका छन । यसले विधार्थिकाे पढाइमा प्रत्यक्ष असर परेकाे शिक्षक हर अाँफै बताउछन ।

    त्यहांँका एक शिक्षक तेजप्रसाद पाण्डे प्रअले आफ्ना जायज प्रस्तावहरु इन्कार गर्ने, शैक्षिक गुणस्तरमा ध्यान नदिने लगायतका काम गर्दै आइरहेको बताउनु भयो । उहांँका अनुसार प्रधानाध्यापकले शिक्षकहरुसंँग छलफल र सल्लाह गर्न खोज्दा वेवास्ता र अभद्र व्यवहार गरेको आरोप लगाउनु भयो । यस्तै अर्का शिक्षक कमल खनालले प्रअ पाण्डे विगत केही हप्तादेखि विद्यालय नआएको, आएपनि कसैसंँग नबोल्ने, अभद्र व्यवहार गर्ने र चाडै घर जाने गरेको बताउनु भयो । विद्यालयलाई शैक्षिक गुणस्तर सुधार्न प्रअ को उत्तिकै जिम्मेवारी हुने भन्दै यहांँका शिक्षकहरुसंँग समन्वय नगरेको आरोप खनालको छ ।

    हेर्नुस भिडियाे

     

    यता स्कुलका प्रधानाध्यापक कमल पाण्डे भने शिक्षकहरुसंँग त्यस्तो व्यवहार नभएको दाबी गर्नुहुन्छ । ‘हाम्रो उहांँहरुसंँग सामान्य मिसअण्डरस्टयाडिङ्ग हो, त्यस्ते ठूलो केही होइन ।’ उहांँले भन्नुभयो ।
    प्रअ पाण्डेले आफूले छिटैनै यस समस्यालाई बैठकद्धारा समाधान गरिने बताउनु भयो । तर त्यहांँ पढाउने शिक्षकहरु भने प्रअको त्यो भनाई कत्तिपनि मान्न तयार छैनन । उनीहरुले शिक्षाजस्तो संवेदनशील विषयलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन । आफूहरुले बनाएको दैनिक कार्यतालिका व्यवहारिक रहेको भन्दै उनीहरुले शिक्षकका सल्लाह र सुझावलाई सम्बोधन नगरे ताला नखोलिने चेतावनी दिएका छन । प्रधानाध्यापक कक्षमा ताला लगाएपनि कक्षा भने निरन्तर चलाईने शिक्षकहरुले बताए । भरतपुर महानगरपालिका वडा नम्बर १२, आस्थाचोकमा रहेको विद्यालयमा ४ सय ५० विद्यार्थी अध्ययनरत छन । यहांँ कक्षा १० सम्म पढाई हुन्छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु