skip this
  • चितवन विशेष

    चितवनकै सर्वाधिक धनराशीकाे फुटबल प्रतियाेगिता जेठ २४ गते देखि शुरू हुने

  • #HANAMI_पाचौं_चितवन_च्याम्पियनसिप_कप_२०७६ को आयोजना सम्बन्धमा आयोजित पत्रकार सम्मेलन एवं एभरेष्ट क्लब संगको सम्झौता सार्वजनिककरण कार्यक्रम सम्पन्न भएको छ ।

     

    खेल २४ जेठ देखि ७ असार संग जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा हुनेछ ! उक्त च्याम्पियनिसपमा चितवनकाे ८ वटा टिम रहने छन भने चितवन भने चितवन बाहिरका ८ वटा टिम रहने   एभरेष्ट क्लवका अध्यक्ष अशाेक देवकाेटाले जानकारी गराएका छन ।

    गत वर्ष प्रथम पुरस्कार २ लाख २२ हजार रुपैया थियो । त्यस्तै द्धितिय हुने टिमले १ लाख ५० हजार तथा तृतिय हुने टिमले ५० हजार रुपैया प्राप्त गर्ने अध्यक्ष देवकोटाले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद २० हजार तथा उत्कृष्ट गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षापंक्तीले नगद १०/१० हजारका दरले पुरस्कृत गरिनेछ ।

    पत्रकार सम्मेलनमा बाेल्दै याे चितवनकै स्थानियकाे अायाेजनाकाे सवार्धिक धनराशीकाे फुटबल प्रतियाेगिता रहेकाे समेत एभरेष्ट क्लवका सल्लाहाकार तथा युवा नेता सन्ताेष पनेरूले  दावी गरेका छन् । तालिम केन्द्रकाे फुटबल ग्राउण्ड अन्य ठाँउकाे भन्दा सुविधा युक्त रहेकाे कारण दर्शक हरूकाे माग लाइ मध्यनजर गर्दै यसपालि पनि क्लवले तालिम केन्द्रमा नै प्रतियाेगिता गर्न लागिएकाे समेत सल्लाहकार पनेरूले  प्रष्ट पार्नु भयाे ।  विगतका वर्ष हरूमा जस्तै यसपालि पनि प्रतियाेगिता उत्कृष्ट बनाउन अाँफु हरू लागि परेकाे क्लवका विधार्थी नेता तथा क्लवका सल्लाहकार सुरज सिंह ठकुरीले बताउनु भयाे ।

    प्रतियोगिताको उद्घाटन खेलमा सेन्ट्रल कलेज भरतपुर फुटवल क्लव र फोर वर्दस गैडाकोटबीच प्रतिस्पर्धा हुनेछ । गैडाकोट गत वर्षको च्याम्पियन हो । गत वर्षमा दर्शक हरूकाे अपार भिडले प्रतियाेगिता सफल भएकाे स्मरण गर्दे सल्लाहकार ठकुरीले यसपालि पनि खेल प्रेमि तथा दर्शक हरूकाे साथ पाइने अपेक्षा गरिएकाे बताउनु भयाे ।

    प्रतियोगितामा सेन्ट्रल कलेज भरतपुर फुटवल क्लव र गैडाकोटसहित नारायणगढ फुटवल क्लव, राप्ती रिभर फुटवल क्लव, नारायणी मोटर्स युनिक फुटवल क्लव, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, शशस्त्र प्रहरी वल भण्डारा, जु फुटवल क्लव जुगेडी, हर्दी युवा समाज भण्डारा, भैरव स्पोर्टस क्लव नवलपरासी, रामपुर फुटवल क्लव, सुनधारा फुटवल क्लव, वसन्तपुर युनाईटेड क्लव माडी, देशभक्त फुटवल क्लव, हानामी एभरेष्ट क्लव र अभिषेक चर्च नवलपरासीले सहभागीता जनाउनेछन् ।

    पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष देवकोटाले हानामी इन्टरनेशनल एजुकेशन र क्लवबीच पाँच वर्षका लागि सम्झौता भएको वताए । प्रतियोगिताका हेर्न रु ५० को टिकट व्यवस्था गरिएको छ । कार्यक्रममा क्लवका सल्लाहकार तथा युवा नेता सन्ताेष पनेरू, अर्का सल्लाहकार तथा विधार्थी नेता सुरज सिंह ठकुरी , हानामीका प्रमुख तथा अन्य प्रयाेजकहरूकाे उपस्थिति रहकाे थियाे ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु