skip this
  • चितवन विशेष

    ग्रीनल्याण्ड पब्लिक स्कुलद्वारा महानगरपालिकालाई पानीकाे बाेत्तल राख्ने क्रेज वितरण

  • जेठ । विश्व वातावरण दिवसको अवसर पारेर ग्रीनल्याण्ड पब्लिक स्कुलले भरतपुर महानगरपालिकालाई पानीका खाली बोत्तल राख्ने केज प्रदान गरेको छ ।
    भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले प्रदान गरेको केज चौबिसकोठीमा राखिएको छ । पानी खाएर बोत्तल जथाभावी फाल्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि केज प्रदान गरिएको विद्यालयकी प्राचार्य ईन्दिरा कार्कीले बताइन् । सफा सहर निर्माणका लागि नागरिक जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै कार्कीले सरसफाइ गर्ने दायित्व राज्यको मात्रै नभएको बताइन् ।
    सो कार्यक्रममा भरतपुर महानगरपालिका वातावरण शाखाकी जानुका केसीले मानवीय व्यवहारमा परिवर्तन नभएसम्म नगर सफा राख्न नसकिने बताइन् । आफूले गरेको फोहोर आफै सफा गर्नुपर्ने केसीको भनाइ छ ।
    चौबिसकोठीमा केज राख्ने कार्यक्रममा वे ग्रुपका संयोजक भोजनारायण कँडेलले आफूहरुले निरन्तर सरसफाइ अभियान जारी राखेका बताए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरी, विद्यालयका शिक्षक, वे ग्रुपका सदस्यहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु