skip this
  • चितवन विशेष

    भरतपुर महानगरपालिका–२३ जगतपुरमा तनाव, वडाअध्यक्ष र स्थानीयको बीचमा विवाद

  • भरतपुर महानगरपालिका–२३ जगतपुरको खड्गौलीमा गौचरनमा रहेको बाटो निर्माणमा वडाअध्यक्ष र स्थानीयको बीचमा विवाद बढ्दै गएको छ ।

    गत वर्ष जेठ १० गते स्थानीयले विसं २०१७ सालदेखि स्थानीयले प्रयोग गरिरहेको गौचरनको बाटो यथावत कायम गर्न भरतपुर महानगरपालिकाकी मेयर सामु ज्ञापनपत्र बुझाएका थिए । तर, त्यसको एक वर्ष बितिसक्दा पनि बाटोको विवाद सुल्झन सकेको छैन । स्थानीय तहमा लामो छलफल हुँदा पनि यो विवाद सुल्झन नसकेपछि विवाद महानगरपालिका सम्म आइपुगेको हो ।

    दशकौं अगाडिदेखि चलनचल्तीमा रहेको गौचरनको बाटो यथावत कायम गर्न स्थानीयको माग रहेको छ भने वडाअध्यक्ष र महानगरपालिका भने सार्वजनिक जग्गा संरक्षणमा लागेर बाटोमा जाने धेरै जग्गामाथि नियन्त्रण गर्न खोज्दै छ । साविकको जगतपुर गाविस वडा नम्बर १ र २ मा पर्ने सो बाटो यस क्षेत्रकै सबैभन्दा पुरानो बाटो रहेको स्थानीयको दाबी छ । कदम आधारभूत विद्यालय रहेको खड्गौली चोकदेखि गौचरणको यही मूल बाटोले जगतपुरलाई केरुङ्गा खोलाको पुलबाट वडा नम्बर २४ हुँदै त्यस वरिपरीको क्षेत्र तथा मेघौलीसम्म जोडेको स्थानीयले जनाएका छन् ।

    भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष नरिनारायण पौडेलले स्थानीयले दुई मिटर जग्गा छोडौं र बाटोलाई नौ मिटरको बनाउ भनेर अनुरोध गर्दा स्थानीय नमानेपछि विवाद चर्किएको बताए । उनले भने, ‘सार्वजनिक जग्गा संरक्षणमा महानगरपालिकाको स्पष्ट निर्देशिका आइसकेकोले सोही सबै जग्गा गौचरनको मात्र नभई स्थानीयले पनि छोड्नुर्छ ।’ उनले गौचरनको जग्गा बाटोको लागि भनेर चारैतिर १५ देखि १८ कठ्ठा प्रयोग भइरहेको जनाए ।  स्थानीय नागरिक दिपेन्द्र चालिसेले पहिले देखिनै १० मिटर रहेको सो बाटो वडा अध्यक्षको सक्रियतामा झनै घटाएर ६ मिटरमा झारिएको आरोप लगाए । उनले भने, ‘स्थानीयको मागलाई बेवास्ता गरेर जबरजस्ती ६ मिटर कायम गरी तारबार गरिएको छ । जुन स्थानीयलाई मान्य छैन ।’ उनले पार्वतीपुर लगायत विभिन्न वडामा गौचरनबाट पुरानै बाटो कायम गरिएको छ तर यहाँ भने वडा अध्यक्ष व्यक्तिगत दुश्मनी लिएर स्थानीयको मागलाई बेवास्ता गरेको आरोप लगाए ।

    अर्का स्थानीय शिव चालिसेले भरतपुर महानगरपालिकाकी मेयरले समेत विवाद नसुल्झिएसम्म काम रोक्नु भन्दा भन्दै वडाअध्यक्षको जोड बलले काम गरिरहेको बताए । उनले बाटो ६ मिटर भनिए पनि त्यो भन्दा पनि अझ कम रहेको जानकारी दिए । स्थानीयले भइरहेको साविकको बाटोलाई घटाएर साँघुरो बनाउनु भनेको विकासको नाममा विनास भएको बताएका छन् ।  भरतपुर महानगरपालिकाअन्तर्गगत गठन भएको सार्वजनिक जग्गाको खोजी, संरक्षण तथा सम्वद्र्धन समितिका संयोजक अरुणपीडित भण्डारीले ७ मिटर जग्गा गौचरनको दुई मिटर स्थानीयको गरेर ९ मिटरको बाटो बनाउन खोज्दा स्थानीय नमानेको बताए ।

    खड्गौली चोकदेखि गौचरण हुँदै जाने यो बाटो झण्डै १० मिटर चौडाइको रहेको छ । साना–ठूला निजी सवारी साधनका साथै दैनिक सार्वजनिक बससमेत गुड्ने यो बाटो गौचरन क्षेत्रमा त झन् १० मिटर भन्दा पनि बढी चौडाइ रही विगतमा स्थानीय निकायले मर्मत सम्भार गर्दै आएको बाटो भएको स्थानीयको भनाइ छ । समाचार सभार https://narayanionline.com

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु