skip this
  • फिचर

    डीएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

  • इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

     

    भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोड नगरपालिका बस्दै आएका वर्ष २५ को हर्कराज भन्ने युसमान डाइनियल गुरुङलाई अदालतले आइतबार पुर्पक्षको लागि आदेश दिएको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार डीएसपीको कुर्सीमा बसेको तस्बिर फेसबुकमा पोष्ट गरेर सार्वजनिक भएपछि गुरुङमाथि साइबर क्राइम अन्तर्गत मुद्दा चलाइएको थियो ।

    डीएसपीको कुर्सीमा अर्कै मान्छे बसेको तस्बिरसहित समाचार सार्वजनिक भएपछि तत्कालिन इप्रका बिर्तामोडका प्रमुख डीएसपी सुवास खड्का विभागीय कारबाहीमा परेका छन् ।

    गुरुङले सो क्षेत्रमा डीएसपी खड्का बस्ने कुर्सीमा बसेको फोटो खिची ‘म प्रहरीको मान्छे हुँ’ भन्दै धम्क्याउने आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु