skip this
  • फिचर

    सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान,विप्लवका जिल्ला इन्चार्ज मारिए

  • काठमाडौं । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरीको गोली प्रहारबाट एकजनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

    प्रहरीका अनुसार मारिनेमा कुमार पौडेल रहेका छन् । पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इन्चार्ज रहेको प्रदेश २ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले बताए । घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

    पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ । अन्य तीनजना भने भागेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु