skip this
  • चितवन विशेष

    चितवनकाे अराेमा कलेज देशैभरिकाे पहिलाे नम्बरमा पर्न सफल

  • असार २० चितवन
    चितवनकाे अराेमा कलेज देशैभरिकाे कलेज मध्य काठमाण्डाै बाहिर बाट पहिलाे नम्बरमा पर्न सफल भएकाे छ । अरोमा कलेज कक्षा ११ र १२ को परिक्षामा नेपालकै चौथो स्थानमा पर्न सफल भएको हाे ।

    निरन्तर सफलता हासिल गर्दै आएको अरोमा राजधानी बाहिर पहिलो भएको हो । शुक्रबार एक राष्ट्रिय साप्ताहिकबाट प्रकाशित राष्ट्रिय परिक्षा बोर्डको परीक्षामा नेपालकै उत्कृष्ट १० कलेजमध्ये उत्कृष्ट चौथो स्थान हासिल गरेको कलेज प्रशासनले जानकारी दिएको छ ।

    याे सफलता कायम गर्नकाे निमित्त अझै मेहनतका साथ अघि बढ्ने अराेमा कलेजका प्रमुख कृष्ण प्रसाद सापकाेटाले बताउनु भएकाे छ । उहाँले अराेमा कलेज टिमकाे अथक मेहनतका कारण यति ठुलाे सफलता प्राप्त गर्न सफल भएकाे भल्दै उहाँले कलेजमा अनवरत खट्ने शिक्षक, मेहनतका साथ अध्ययन गर्ने विधार्थी,  सँधै सल्लाह सुझाव दिने विधार्थीका अभिभावक र कलेजका कर्मचारी हरूमा अभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्नु भएकाे छ । चितवनका विधार्थी उच्च शिक्षा हासिल गर्न अब चितवन बाहिर जान नपर्ने समेत उहाँले जानकारी गराउनु भएकाे छ । चितवनमा नै उत्कृष्ट शिक्षा हासिल गर्न सकिने वातावरण तयार हुँदै गएकाे उहाँले दावी गर्नु भएकाे छ ।

    कलेजले सो नतिजा ल्याउन अनवरतरुपमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा खटिनुभएका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पुर्ण शुभचितन्तकहरुमा हार्दिक बधाई ज्ञापन गरेको छ ।

    साथै आगामी दिनमा अझै उत्कृष्ट नतिजा सहित अभिभावक तथा विद्यार्थीहरुको विश्वासलाई प्रगाढ बनाउन अझै हौसला थप गरी निरन्तर उचाई पुग्ने विश्वास समेत अरोमा कलेजले लिएको छ ।मध्य नेपालको चितवनमा अवस्थित अरोमा कलेज स्थापनाकाल देखि निरन्तर उत्कृष्ट नतिजा दिदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु