skip this
  • चितवन विशेष

    भ्याली स्टेट कलेज मा शेयरबजार,बैङ्किङ तथा इन्स्योरेन्स सम्बन्धी अन्तरक्रिया सम्पन्न

  • असार २०,भरतपुर-
    जायश्वर आचार्य:-
    बिबिए अध्ययनको लागि ख्याती कमाउँदै गरेको भरतपुर कै उत्कृष्ट भ्याली स्टेट कलेज ले आज बृहत् कार्यशाला सम्पन्न गरेको छ। शेयरबजार,बैङ्किङ तथा इन्स्योरेन्स सम्बन्धी आयोजना गरिएको उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रस्तुति रहेको थियो।
    पोखरा विश्वविद्यालय, स्कूल अफ बिजनेश का निर्देशक सहप्राध्यापक डा रवीन्द्र घिमिरेले इन्स्योरेन्स को सैद्धान्तिक पक्ष चर्चा गर्नुभयो भने युनियन लाईफ का क्षेत्रीय व्यवस्थापक आई आर सुवेदी ले यसको व्यवहारिक प्रयोग तथा फाइदाहरु को बारेमा जानकारी दिनुभएको थियो। त्यसैगरी नेपाली शेयर बजारका विज्ञ सन्तोषराज बजगाईंले विद्यार्थी हरु सेयरबजारमा छिर्ने र कारोबार गर्ने भन्ने बारेमा जानकारी दिनुभयो। सोही कार्यक्रममा कुमारी बैंक का प्रबन्धक भूपेन्द्र खड्का ले बैंकिङ प्रयोग,कर्जा पोलिसी का बारेमा जानकारी दिनुभएको थियो। कार्यक्रम को अध्यक्षता कलेजका निर्देशक बाबुराम खनाल ले गर्नु भएको थियो।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु