skip this
  • चितवन विशेष

    नेवि संघ चितवन र समाजवादी विधार्थी संगठनले बुझाए ज्ञपन पत्र , भारतिय तरकारी राेक्ने चेतावनी (हेर्नुस भिडियाे)

  • चितवन : विषादी परीक्षण विना भरतीय तरकारी नेपाल भित्र्याएको भन्दै चितवनका विद्यार्थी संठगनहरुले चितवनकाे प्रमुख जिल्ला अधिकारी लाइ ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्रमा संयुक्त रूपमा नेवि संघ र  समाजवादी विधार्थी संगठनका जिल्ला अध्यक्ष क्रमश सुर्य ढकाल र अनुज जाेशीले हस्ताक्षर गरेका छन ।

    सोमबार नेवि संघ, नयाँ शक्ति विद्यार्थी यूनियन, अखिल क्रान्तिकारी र समाजवादी फोरमका जिल्ला पदाधिकारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सरकारले जनताको स्वास्थ्यसँग खेलवाड गरी भारतको अगाडि लम्पसार भएको आरोप लगाएका थिए ।
    विज्ञप्तीमा भनिएको छ,‘ दुर्ई तिहाईको सरकारले देशमा विकास र सुशासनको सट्टा विभिन्न काण्डै काण्ड गरिरहेको सरकार फेरि तरकारी काण्डमा परेको छ ।’
    संगठनले विषादीयुक्त तरकारी ल्याब टेष्ट विना नेपाल भित्र्याएर जनताको स्वास्थ्य अधिकार हनन गरेको भन्दै सोमबारदेखि शनिबारसम्म ६ दिने विभिन्न विरोधको कार्यक्रम घोषणा गरेको छ ।
    साेमवार नेवि संघका जिल्ला अध्यक्ष सूर्य ढकाल, नयाँ शक्ति विद्यार्थी यूनियनका जिल्ला अध्यक्ष अनुज जोशी, अखिल –क्रान्तिकारी) का केन्द्रीय सदस्य दिपक पोख्रेल र समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष अशोक गुरुङद्वारा जारी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, २६ गते भारतीय नम्बरको गाडी जिल्लामा निषेध गर्ने र २७ गते विशाल प्रर्दशन गर्ने लगायतका कार्यक्रम घोषणा गरको छन् ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु