skip this
  • चितवन विशेष

    रेणु दाहालको पहलमा चितवनमा इञ्जिनियरिङ्गको आगिंक क्याम्पस संचालन हुँदै

  • असार २४ चितवन, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको पहलमा चितवनमा इञ्जिनियरिङ्गको आगिंक क्याम्पस संचालनमा आउने भएको छ ।शैक्षिक बर्ष २०७६-७७ का लागि स्नातक (बि.इ.सिभिल र कम्युटर) बिधार्थी भर्नाका लागि रामपुरमा रहेको प्रस्तावित चितवन इञ्जिनियरिङ्ग क्याम्पसलाइ सम्बन्धन प्राप्त भएको हो ।

    रामपुरमा अबस्थित ४० बिगाहा जमिनमा संचालनमा आउने आगिंक क्याम्पसमा आगामी दिनमा १६ वटै इञ्जिनियरिङ्गका फ्याक्लेटीहरु, पुर्ण रुपमा आवसिय रुपमा संचालन गर्ने गरी आवश्यकीय पुर्वाधार निर्णाणको लागी पहल भैरहेको महानगर स्रोतले जनमुखी अनलाइनलाइ बताएको छ । ‘सम्पुर्ण योजना सफल भएमा हामीले दक्षिण एसियाकै नमुना शैक्षिक संरचनाका रुपमा यस आगिकं क्याम्पसलाई अगाडी बढाउन खोजेका छौ’ मेयर दाहालले भन्नुभयो ‘सोहि अनुसार अर्थ मन्त्रालयको सहमतिको लागी प्रक्रिया अगाडी बढेको छ।’

    त्रिबि उप कुलपतिको सहयोगमा यो एतिहासिक निर्णय भएको भन्दै मेयर रेणु दाहालका सचिवालयका प्रमुख समेत रहनु भएका नेकपाका नेता गोपालकृष्ण न्यौपानेले सबैलाई धन्यबाद दिनुभएको छ ।

    यस शैक्षिक सत्रमा क्याम्पसमा सिभिल इञ्जिनियरिङ्ग, इलेट्रिकल इञ्जिनियरिङ्ग लगायतका बिषय पढाइ हुनेछन् । अनलाईन फारम भर्न साउन १५ गते सम्मको समयसीमा तोकिएको छ । यो आगिंक क्याम्पस स्थापनाको लागी लाग्ने ब्ययभार मेयर रेणु दाहालको बिशेष आग्रहमा त्रिभुवन बिश्वबिधालय मार्फत बिश्वबिधालय अनुदान आयोगले ग्रहण गर्ने गरी अर्थ मन्त्रालयबाट स्विकृति भएको हो ।

    भरतपुर महानगरको नेतृत्व सम्हालेयता मेयर रेणु दाहाल ले प्राबिधिक शिक्षाको बिकासमा आफ्नो मुख्य ध्यान केन्द्रित गरेको पाईन्छ ।

    समाचार स्राेत जनमुखी डटकम

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु