skip this
  • चितवन विशेष

    चितवन मा यौन कर्मी रंगेहात पक्राउ

  • ­चितवनको बजार क्षेत्रका होटलहरुमा प्रहरीले छापा मारेको छ ।सोमबार दिउँसो नरायणगढ, टाँडी, रामनगर, भरतपुर लगायतका क्षेत्रमा रहेका होटलहरुमा प्रहरीले छापा मारेको हो । अवैध यौनधन्दा भइरहेको सूचनाका आधारमा प्रहरी त्यस स्थानमा छापा मारेकाे चितवन प्रहरीले जनाएको छ ।

    होटलमा छापा मार्ने क्रममा प्रहरीले ९९ जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये ४३ महिला, ४२ पुरुष र १२ जना होटल सञ्चालक रहेको प्रहरीकाे भनाइ छ । प्रहरीका अनुसार उनीहरु विभिन्न होटलबाट रंगेहात पक्राउ परेका हुन् ।यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    साभार

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु