skip this
  • फिचर

    अनेरास्ववियूले अब चन्दा लिने विधार्थी नेता लाइ कारवाही गर्ने

  • अनेरास्ववियुले अबदेखि संस्थागत र व्यक्तिगत रूपमा कसैसँग पनि आर्थिक सहायता नलिने भएको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा संगठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रूपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने जानकारी दिइयो ।

    अनेरास्ववियुका संयोजक ऐन महरले पूर्वअध्यक्ष रमेश मल्ल र माधव ढुंगेलको उपस्थितिमा आयोजित कार्यक्रममा चन्दा लिएको पाइएमा संगठनले अनुशासनको कारबाही गर्ने घोषणा गरे । उनले विद्यालय शिक्षाको चर्को शुल्क तथा छात्रवृत्ति, विश्वविद्यालय सुधारका सम्बन्ध र संगठनका विषयमा गरेको निर्णय सार्वजनिक गरे ।

    विश्वविद्यालयमा प्राध्यापकहरूको नियुक्ति सबै विश्वविद्यालयको एक छाता सेवा आयोग बनाएर परीक्षा सञ्चालन गरी गर्नुपर्ने अनेरास्ववियुले माग गरेको छ । करार, आंशिक प्राध्यापकको व्यवस्थापनका लागि नियमित सेवा आयोगको परीक्षा सञ्चालन गरी अन्य प्रावधानबाट प्राध्यापक नियुक्त नगर्न महरले सरकारसँग आग्रह गरे ।

    निजीस्तरबाट सञ्चालित कलेजहरूले तोकिएको मापदण्ड अवज्ञा गरी ११ र १२ का विद्यार्थीबाट चर्को शुल्क लिएको भन्दै तत्काल कारबाहीको दायरामा ल्याउन अनेरास्ववियुले माग गरेको छ । वास्तविक र गरिब जेहेनदार विद्यार्थीलाई स्पष्ट मापदण्ड बनाएर छात्रावृत्ति दिनुपर्ने उसको भनाइ छ । एकिकृत विधार्थी संगठन अनेरास्ववियूले अब चन्दा लिने विधार्थी नेता लाइ कारवाही गरिने कुरामा अान्तरिक संगठनमा भने विवाद अाएकाे छ । एकतर्फि निर्णय भन्दै केहि विधार्थी नेता ले भने सार्वजनिक रूपमा विराेध गरेका छन ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु