skip this
  • चितवन विशेष

    विद्यार्थीलाई सुरक्षाको प्रत्याभुती नभएसम्म कलेज सन्चालन हुँदैन – दवाडी

  • सुजन ढकाल, चितवन : बिहीवार भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी भएको छ। अनेरास्ववियु क्रान्तिकारीका
    विद्यार्थी नेता मिलन भट्टराईमाथि नेबिसंघको कार्यकार्ताले गुण्डाशैलिमा आक्रमण गरेकोले दोषिलाइको माग गर्दै अखिल क्रान्तिकारी अध्यक्ष अंकित दवाडी र अनेरास्ववियु अध्यक्ष लीलाराम पौडेलले संयुक्त बिग्यप्ती निकालेर अनिश्चितकालिन तालाबन्दी गरेका हुन।

    त्यसै गरी शुक्रबार अज्ञात समुहले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन्। क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ। बिहान ९ बजे क्याम्पस परिसरमा आएका समूहले आगजनी गरेको हो ।

    आगजनीका कारण भएको क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए। आगो विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । यसअघि सहायक क्याम्पस प्रमुखका कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको थियो ।

    त्यस क्रममा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएकाले त्यसको विरोधमा भट्टराईका समर्थकहरुले आगजनी र तोडफोड गरेको हुनसक्ने अखिल क्रान्तिकारी अध्यक्ष अंकित दवाडीले बताए। दवाडिले भने ;दोषिलाई यथाशिघ्र कारबाही नगरेसम्म र हरेक विद्यार्थीलाई सुरक्षाको प्रत्याभुती नभएसम्म कलेज सन्चालन हुँदैन।;

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु