skip this
  • फिचर

    आदिकवीमा विज्ञान संंकायको पठन पाठन सुरु, हर्षित विद्यालय परिवार

  • बिकाश ढकाल, भरतपुर

    चितवनको नारायणगढ पोखरा बसपार्कमा नमुना विद्यालयको रुपमा रहेको आदिकवी भानु मा विमा २०७६/४/६ गतेका दिन बाट  विज्ञान संंकायमा पठनपाठन सुरु भएको छ ।

    जसमा पहिलो दिन २० जना विध्यार्थीको उपस्थिती रहेको थियो । भर्ना भने हाल सम्म २३ जना विध्यार्थीले गरेका बिधालयले जानकारी दिएको छ ।

    बिधालयका प्र अ विष्णु सापकोटाका अनुसार  विद्यालयले गरेको यस प्रगती प्रति विद्यालय व्यवस्थापन समिती लगायत सबैको अहम भुमिका रहेको कारण विद्यालय परिवार सारै हर्षित भएको जनाउनु भएको छ । विज्ञान  विषयको अध्यापनको निम्ति चितवनको प्राइभेट देखि सरकारी कलेजमा अध्यापन गराइरहेका विद्वान  र अनुभवी प्राध्यापक हरु मार्फत विध्यार्थी भाइबहिनी हरु लाई अध्ययन गराइने छ।  विध्यार्थीको भविस्य लाई नजर मा राखेर हामी भानु माबी परिवार सधैं प्रतिबद्ध रहेको समेत उहाँले बताउनु भयो ।

     

     

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु