skip this
  • फिचर

    विप्लव नेकपाकाे वन्दकाे प्रभाव चितवनमा पनि, शैक्षिक संस्था पुरै ठप्प

  • नेपाल कम्युनिस्ट पार्टीले (विप्लव) ले आफ्ना  नेता-कार्यकर्तामाथिको सरकारी दमन, धरपकड र ज्यादतीबिरुद्ध उपत्यकासहित ११ जिल्ला बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको थिए । नेकपाले मंगलबार साँझ ११ वटै जिल्लामा मसाल जुलुस गरेको जनाएको छ । नेकपा स्रोतले  दिएकाे जानकारी अनुसार बागमती, नारायणी र जनकपुरका, रामेछाप र दोलखासमेतमा मसाल जुलुस गरेका हुन ।

    पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्जसमेत रहेका चर्चित जनकलाकार माइला लामा गिरफ्तार भएपछि नेकपाले त्यसको विरोध बन्द आव्हान गरेको हो । पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै नेता लामाको गिरफ्तारी गैरन्यायिक भएको भन्दै निन्दा तथा घोर भत्र्सना गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

    संघर्षका कार्यक्रम अनुसार साउन १५ गते बुधबार बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखासमेत बन्द हुनेछन् । 

    यसै गरी

    चितवनमा पनि बन्दकाे असर परेकाे छ । चितवनमा शैक्षिक संस्था हरूले सामाजिक सन्जाल मार्फत सुचना निकालेर विभिन्न कारणले संस्था बन्द रहने जानकारी गराएका छन र। यतायत पनि आंशिक रूपमाा मात्र सन्चालनमा छन । 

    बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेकपाका कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् ।

    बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो ।

    आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

    त्यसैगरी, हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक २० नजिकै शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । हेटौंडाको मुख्य बजारको पारिजात पथमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।

    काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेकपाले बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्द आह्वान गरेको छ ।

    समाचार स्राेत जनपाटी डटकम र इराताेखबर डटकम

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु