skip this
  • चितवन विशेष

    नयाँ शक्ति विद्यार्थी यूनियन बुझायाे क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र

  • नयाँ शक्ति विद्यार्थी यूनियन सप्तगण्डकी बहुमुखी क्याम्पसले विभिन्न माग राखी क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएको छ । आज (बुधवार) क्याम्पस प्रमुखलाई विद्यार्थीको हकहित सहित शैक्षिक गुणस्तर सुधारको माग राखि यूनियनले सात बुंदे मागपत्र बुझाएको हो ।

    छात्रवृत्तिको नतिजा तुरुन्त प्रकाशित गरी गरिब, जेहेन्दार तथा सिमान्तकृत विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गर्न नयाँ शक्ति विद्यार्थी यूनियनले आग्रह गरेको छ । यस्तै विद्युतिय पुस्तकालय तथा पुस्तकालयमा विद्यार्थीलाई आवश्यक पर्ने पुस्तकहरु उपलब्ध गराउन, क्याम्पसमा मासिक शुल्क निर्धारण गर्न माग गरिएको छ ।

    शैक्षिक गुणस्तरमा सुधार गरि नतिजाका आधारमा विद्यार्थी तथा प्राध्यापकलाई प्रोत्साहन, क्याम्पस सभा मार्फत सवै पक्षलाई समावेश गरि समबेशी सञ्चालक समितिको गठन गर्न क्याम्पस प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु