skip this
  • फिचर

    प्रधानमन्त्री ओली ले उपचार खर्च आफै बेहोर्ने

  • साउन १९,काठमाडौं
    सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रधानमन्त्रीको उपचार प्रधानमन्त्रीकै व्यक्तिगत खर्चमा हुने बताएका छन् ।

    आइतवार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बास्कोटाले प्रधानमन्त्रीको उपचार आफ्नै व्यक्तिगत खर्चमा हुने तर सँगै गएका कर्मचारीको आउने-जाने र बस्ने खर्च राज्यकोषबाट हुने बताएका हुन् ।
    ‘देशको नेतृत्व लिनुभएको प्रधानमन्त्रीको स्वास्थ्य उपचारलाई लिएर राजनीति गर्ने कुरा हुँदैन,’ बास्कोटाले भने, ‘सरकारी कर्मचारीको हकमा आते-जाते र टीए, डीए पनि हुन्छ । प्रधानमन्त्रीको उपचार र उहाँको परिवारको खर्चको जिम्मेवारी भने उहाँ स्वयम्ले लिनुहुन्छ ।’

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु