skip this
  • breaking

    नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका एक केन्द्रीय सदस्य पक्राउ

  • नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका एक केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार केन्द्रिय सदस्य हेमन्त जिसीलाई प्रहरीले घोराही बजार बाट पक्राउ गरेको हो ।

    घोराहीको ट्राफिक चोकवाट शनिबार बेलुका जिसीलाई पक्राउ गरिएको एकजना प्रहरी अधिकारीले बताए ।

    ‘सुराकीको आधारमा हामीले जिसीलाई जिल्लाको लमहीवाट घोराही आउने बित्तिकै पक्राउ गरेका हौं,’ ती अधिकारीले भने ‘ पक्राउ परेका जिसीवारे थप अनुसन्धान भइरहेको छ।’

    पक्राउ परेका जिसीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको प्रहरीले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु