skip this
  • चितवन विशेष

    बुधबार -आज को राशिफल

  • आजको – पञ्चाङ्ग
    वि.सं. २०७६ साउन २२, बुधबार, इ.स. २०१९ अगस्ट ७, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, सप्तमी, १६:४८ उप्रान्त अष्टमी, नक्षत्र– स्वाती, २७:१२ बजेउप्रान्त विशाखा, योग– शुभ, २१:०९ बजेउप्रान्त शुक्ल, करण– गर, ५:४४ बजेदेखि वणिज, १६:४८ बजेपछि भद्रा, २७:५७ बजेउप्रान्त वव, आनन्दादिमा धुम्र योग, चन्द्रराशि– तुला, सूर्योदय– ५:३० बजे, सूर्यास्त– १८:४७ बजे र दिनमान ३३ घडी २ पला। गो-स्वामी तुलसी दास जयन्ती।

    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,मुद्धा मामिलामा पर्न सकिने योग देखिन्छ,धनसम्पति लगानी नगर्नुहोला,कसैलाई धन दिनुपर्ने छ भने दुर्गा माता सम्झेर दिनु होला,आजको शुभ अंक ८ रहेको छ।

    वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
    राजनितीमा लाग्नुभएकाहरुको लागि राम्रो योग छ,आगोबाट बच्नुहोला,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ ,लगानी सही ठाउँमा हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

    मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
    विदेश यात्रा गर्ने उचित अवसर मिल्नेछ भने बालबालिका सन्तानमा सानो समस्या आउनसक्छ त्यसैले राम्रो केयर गर्नुहोला,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,आजको शुभ अंक १० रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    दुर्घटना हुन सक्ने याेग परेकाे छ,धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,खेलकुद त्यसैगरी राजनितीमा हुनुभएका हरुको लागि राम्रो देखिन्छ,बैदेशिक यात्रा राम्रो हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

    सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
    धनसम्पति, ज्ञान आर्जन हुने देखिन्छ, पार्टनरसिप सँगको कार्यमा त्यति राम्रो देखिदैन,सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,आजको शुभ अंक ८ रहेको छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
    धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर हुनेछ,शिक्षामा सफलता मिल्ने योग छ, सरकारी क्षेत्रकाे कामकाज राम्रो रहनेछ ,आजको शुभ अंक ६ रहेको छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
    पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,टाउको दुख्ने सम्भावना आउनसक्छ त्यसैले सुर्यलाई जल चढाउनु,वैवाहिक सम्बन्धमा खासै राम्रो देखिदैन,आजको शुभ अंक ११ रहेको छ।

    वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
    अाज पारिवारिक सम्वन्ध खासै राम्रो देखिदैन,वैदेशिक यात्रा हुन सक्छ ,बिदेश जान चाहानेहरुको लागि अाज राम्रो देखिन्छ,आजको शुभ अंक १२ रहेको छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,कुनै नयाँ कार्य गर्दै हुनुहुन्छ भने आमा पिता अथवा माताको नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
    विद्यार्थी वर्गको पढाई लेखाईमा प्रगति हुनेछ,बिदेश जान सकिने सम्भावना राम्रो देखिन्छ,खानपिनमा ध्यान दिनुहोला,यात्रा गर्दा दक्षिण नगर्दानै राम्रो,अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक ७ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
    धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,यो साता कालो रङको कुनै पनि कपडा प्रयोग नगर्नाले कुनै नकारात्मक चिजहरु हुँदैन,आजको शुभ अंक ९ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
    विरोधीहरु बढ्ने छन्,चोटपटक लाग्न सक्ने सम्भावना देखिन्छ,नयाँ सवारीसाधन किन्दै हुनुहुन्छ भने अाज नकिन्दानै राम्रो हुनेछ, दाजुभाई सँगको सम्बन्ध त्यति राम्रो देखिदैन,आजको शुभ अंक ५ रहेको छ।

    – राशिफलमा जे जस्तो भएपनि नयाँ जाेस जाँगर र उत्साहकासाथ कार्यमा अगाडि बढ्नुहाेस् अवश्य सफलता मिल्नेछ।

    -ज्यो.प.उपेन्द्र काेईराला
    देवघाटधाम ९८५५०५२०४७,९८४५२०६०४७

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु