skip this
  • चितवन विशेष

    आज बिहीबारकाे राशिफल

  • आज २०७६/०४/२३ बिहीबार अाजकाे पञ्चाङ्ग वि.सं. २०७६ साउन २३, बिहीबार,इ.स. २०१९ अगस्ट ८, शकसंवत् १९४१, परिधावी संवत्सर,दक्षिणायन,वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व,श्रावण शुक्लपक्ष, अष्टमी, १५:११ उप्रान्त नवमी, नक्षत्र– विशाखा, २६:३१ बजेउप्रान्त अनुराधा, योग– शुक्ल, १८:५२ बजेउप्रान्त ब्रह्म, करण– वव, १५:११ बजेदेखि वालव, २६:३१ बजेउप्रान्त कौलव, आनन्दादिमा प्रवर्द्ध योग, चन्द्रराशि– तुला, २०:३९ बजेउप्रान्त वृश्चिक, सूर्योदय– ५:३१ बजे, सूर्यास्त– १८:४६ बजे र दिनमान ३३ घडी ९ पला। व्रत/पर्व -अष्टमी व्रत, गोरखकाली पूजा। आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,टाढिएका साथीभाइ नजिकिनेछन्,आजको शुभ अंक १ रहेको छ ।

    वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – चोटपटक लाग्ने, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ।

    मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आँटले काम लिन नसक्दा पछि परिनेछ, आजको शुभ अंक ५ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

    सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका मिल्नेछ ,नयाँ काम गर्ने मौका मिल्नेछ,आम्दानी बढ्नेछ,आजको शुभ अंक ११ रहेको छ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – रमाइलो भ्रमणकाे सम्भावना छ,चिताएको काम समेत सम्पादन हुनेछ,कार्यमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्राकाे सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,आजको शुभ अंक १० रहेको छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने छ्,आजको शुभ अंक ८ रहेको छ।

    वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,प्रतिस्पर्धामा पनि विजयी भइनेछ, ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आजको शुभ अंक १२ रहेको छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पन्न हुनेछन्,विभिन्न सहयोग र उपहार पाइनेछ,महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,आजको शुभ अंक ६ रहेको छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ, आतिथ्यपूर्ण सम्मान पाइएला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कमकाजमा झमेला अाईपर्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, रचनात्मक काम सुरु गर्ने मौका पाईने छ,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, लामो यात्राको प्रक्रिया अघि बढ्नेछ, आजको शुभ अंक ५ रहेको छ। –

    राशिफलमा जे जस्तो भएपनि नयाँ जाेस जाँगर र उत्साहकासाथ कार्यमा अगाडि बढ्नुहाेस् अवश्य सफलता मिल्नेछ।

    • ज्याे.प.उपेन्द्र काेईराला देवघाटधाम ९८५५०५२०४७,९८४५२०६०४७

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु