skip this
  • चितवन विशेष

    आइतबार – आजको राशिफल

  • २०७६/०४/२६ गते अाइतबार

    आजको – पञ्चाङ्ग
    वि.सं. २०७६ साउन २६, आइतबार, इ.स. २०१९ अगस्ट ११, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु। ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, एकादशी, १२:४९ उप्रान्त द्वादशी, नक्षत्र– मूल, २७:०६ बजेउप्रान्त पूर्वाषाढा, योग– वैधृति, १४:०२ बजेउप्रान्त विष्कम्भ, करण– भद्रा, १२:४९ बजेदेखि वव, २४:५१ बजेउप्रान्त वालव, आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– धनु, सूर्योदय– ५:३२ बजे, सूर्यास्त– १८:४४ बजे र दिनमान ३२ घडी ९ पला।व्रत/पर्व- पुत्रदा एकादशी व्रत।

    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    परिस्थितिको बन्धनमा परिने छ,बलजफ्ती काम गर्दा थप समस्या आउन सक्छन्,सचेत रहनुहोस,पढाईमा सोचे अनुसारकाे उन्नति हुनेछ,प्रेममा खटपट हुने र पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ,आजको शुभ अंक ८ रहेको छ।

    वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
    कामगरे अनुसारकाे जस पाईने छैन, काममा बाधा ब्यवधान अाईपर्ने छ,राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,आजको शुभ अंक ११ रहेको छ।

    मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
    स्वास्थ्यस्थिति कमजोर बन्ने छ, नोकारीमा समस्या आउनेछ,स्थानान्तरण हुने,प्रेमीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, सचेत रहनुहोस,आजको शुभ अंक ७ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आम्दानी को नया स्रोत जुट्न सक्छ,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ,झुटा आरोप पनि लाग्नेछन्,आफन्त बीच अविश्वास बढ्ला,आजको शुभ अंक ८ रहेको छ।

    सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
    नोकरीमा स्थानान्तरण हुनसक्ने छ,आयभन्दा व्यय बढी,लेनदेनमा विवादको सामना गर्नुपर्ला,झुटा आरोप लाग्ने योग भएकोले सबै काममा आफैँले ध्यान दिनुहोला,अप्ठ्यारो काम वन्ने छ, उत्साह जाग्नेछ,आजको शुभ अंक ६ रहेको छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
    खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने छ,व्यापारमा संकट आउने छ,बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
    अनावश्यक खर्च बढ्नेछ ,चोटपटक लाग्ने र सानातिना समस्याले सताउने समय छ,धार्मिक कार्यमा वृद्धि हुनेछ,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला,गोपनीयतामा ध्यान दिनुहोला,आजको शुभ अंक १० रहेको छ।

    वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
    जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू बन्नेछन् पति–पत्नीमा खटपट हुदा मन उदास रहनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,यात्रामा अवरोध हुने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,विश्वास गुम्ने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
    मान सम्मान प्राप्त हुनेछ ,धार्मिक कार्यमा सहभागी भइएला,यात्रामा समस्या आउनेछ,प्रेमीसंग विवाद हुनेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,आजको शुभ अंक ३ रहेको छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
    गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन् ,
    मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला, कर्म सिद्धिको समय छ, परिवारका सदस्यहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
    पैतृक सम्पत्ति प्राप्त हुनेछ,शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछ,ठूलाबडाको दबाबमा परिस्थतिसँग सम्झौता गर्दा मन खिन्न हुनेछ,सचेत रहनुहोला,व्यापारमा अवरोध आउने,आजको शुभ अंक १ रहेको छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कार्यमा वाधा अाउनेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,वैदेशिक यात्रा हुनसक्छ, नोकारीमा समस्या आउनेछ, राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला,आजको शुभ अंक ५ रहेको छ।

    – राशिफलमा जे जस्तो भएपनि नयाँ जाेस जाँगर र उत्साहकासाथ कार्यमा अगाडि बढ्नुहाेस् अवश्य सफलता मिल्नेछ।

    -ज्यो.प.उपेन्द्र काेईराला
    देवघाटधाम ९८५५०५२०४७,९८४५२०६०४७

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु