skip this
  • चितवन विशेष

    पत्रकार शालीकराम मृत्यु प्रकरण प्रति नागरीक समाज चितवनको आयाे विज्ञप्ती

  • चितवन । पत्रकार शालीकराम पुडासैनीको मृत्यु प्रकरणप्रति नागरिक समाज चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाजले आज एक प्रेस विज्ञप्ती निकाली पछिल्लो परिघट्ना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

    समाजले निस्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरेको छ । यस्तै स्वतन्त्र र निस्पक्ष अनुसन्धानमा सहयोग पु¥याउन प्रदर्शनकारीलाई पनि आग्रह गरेको छ ।
    समाजका सचिव गोपीलाल देवकोटाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ‘पक्राउ परेका व्यक्तिहरुसँग जोडिएर भएको स्वतस्फुर्त असंगठित आन्दोलन प्रति नागरीक समाज चितवनको ध्यानाकर्षण भएको छ । नागरिकको अस्वभाविक मृत्युको छानविनका क्रममा शंकास्पद व्यक्तिहरु अनुसन्धानमा पक्राउ पर्नु स्वभाविक हो ।’
    ‘निष्पक्ष निर्भिक र स्वतन्त्र अनुसन्धान गरी दोषी निर्दोशिताको निकर्यौल गरी कानुनको समुचित परिपालना गर्न नागरीक समाज चितवन नेपाल सरकारसँग माग गर्दछ । र निष्पक्ष अनुसन्धानमा कुनै पनि किसीमको दवाव सिर्जना नगरी स्वतन्त्र र निष्पक्ष अनुसन्धान आवश्यक सहयोग पु¥याउन आम नागरिक समुदाय समक्ष अपिल गर्दछ ।’ विज्ञप्तीमा उल्लेख गरीएको छ ।

    फेसबुक प्रतिक्रिया

    सम्बन्धित शीर्षकहरु